Salt Trading
Swasthya Mantralaya
Nhoo dan 1141

भक्तपुरको बिस्केट जात्रा रोक्ने निर्णयप्रति सेतो मछिन्द्रनाथ रथयात्रा समितिको ध्यानाकर्षण

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २४, मंगलबार

काठमाडौं – यस वर्षका बिस्केट जात्रा रोक्ने भक्तपुर प्रशासनको निर्णयप्रति सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति ११४१, काठमाडौंले ध्यानकर्षण जनाएको छ ।

कोरोना महामारी फैलिन सक्ने आशंकामा भक्तपुर प्रशासनले यस वर्ष पनि बिस्केट जात्रामा रोक लगाउने निर्णय गरेको थियो ।

सो निर्णयको विरोधमा समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांस्कृतिक जात्रा पर्व, परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरूको हुने गरेको जनाएको छ । जनसमुदायको भावना विपरीत गएर गरेको सरकारी निर्णयप्रति व्यवस्थापन समितिले खेद व्यक्त गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डलाई पालना गर्ने/गराउने र अन्य वैकल्पिक उपायहरू अवलम्बन गरी सांंस्कृतिक जात्रा, परम्परालाई निरन्तरता दिनुपर्ने माग समेत गरेको छ ।

Categorized in उपत्यका
Newa Online Adv