STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हेलिकप्टरबाट शिवपुरी नागार्जुन वनमा लागेकाे आगो निभाउने प्रयास

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र २९, आइतबार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण बाहिर गएपछि हेलिकप्टरबाट पानी हालेर निभाउने प्रयास गरिएको छ ।

सिन्धुपाल्चोकको सुन्दरीजलबाट सिम्रक एयरको हेलिकप्टरबाट पानी ल्याएर निभाउने प्रयास भइरहेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

आइतबार बिहान काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१ तौलुङबाट सुरू भएको आगलागी शिवपुरी निकुञ्जभित्र प्रवेश गरेको थियो ।

आगलागी नियन्त्रणमा निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको छ ।

Categorized in उपत्यका