STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

इतुम्बहाःमा देवाद्यः छेँको पुनर्निमाण सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण १५, शनिबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार युनेस्कोको सम्पदाको सूचीमा रहेको इतुम्बहाःमा अवस्थित श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहारस्थित देवाद्यः छेँ (कुलदेवता घर)को पुननिर्माणपछि उद्घाटन गरेका छन् ।

मेयर शाक्यले उद्घाटनपछि मूर्त/अमूर्त अभियानअन्तर्गत आपनो कार्यकालमा काठमाडौँभित्र रहेका धेरै कुलदेवता घर, आगम घरको पुननिर्माण भइसकेको जानकारी दिए । मेयर शाक्यले मूर्तमात्र होइन अमूर्त सम्पदाको संरक्षणमा पनि काम भइरहेको छ भनि बताए ।

मेयर शाक्यका अनुसार पुननिर्माण गरेर देवाद्यः छेँ श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत पारावत् महाविहार संरक्षण समाजलाई सुम्मिसकेपछि अब महानगरपालिकाको काम सकिएको छ । उनले अब यसमा महानगरपालिकाले हस्तक्षेप नगर्ने   यसको संरक्षण गर्ने जिम्मेवारी पनि केशचन्द्रवृत्त पारावत् महाविहार संरक्षण समाजको हो  भनि भने । काठमाडौँको मुटुमा रहेको इतुम्बहाःमा काठमाडौँ महानगपालिकाको सहयोगमा देवाद्यः छेँको पुननिर्माण भएको हो भने इतुम्बहाःका करीब १५० भन्दा बढी घरधुरीको इस्ट देवताको घरको रुपमा रहेको छ । सो देवाद्यः छेँको पुननिर्माण गर्न करीब दुई वर्षअघि शिलान्यास गरिएको थियो ।

केशचन्द्रवृत्त पारावत् महाविहार संरक्षण समाजका अध्यक्ष क्याप्टेन चन्द्रबहादर शाक्यले इतुम्बहाःको गौरव र प्रतिष्ठाको रुपमा देवाद्यः छेँको पुनर्निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले यस क्रममा श्री भाष्करदेव संस्कारित केशचन्द्रवृत्त पारावत् महाविहार नेपाल मण्डलकै समृद्ध र सुविधायुक्त महाविहार हो भनि बताएकाछन् ।

यसैगरी, महाविहार संरक्षण समाजका महासचिव प्रज्ञारत्न शाक्यले मूर्त सम्पदाको रुपमा रहेको देवाद्यः छेँको पुनर्निर्माण सकिएपनि यस समाजमा रहेका कैयौँ अमूर्त सम्पदाको संरक्षण र जगेर्णा गर्न बाँकी रहेको र अब त्यसतर्फको कार्य पनि अघि बढाउनु पर्ने बताएका छन् ।

Categorized in उपत्यका