STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फागुन २४ गते खबरदारी सभा, २८ गते प्रतिरोध सभा

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २१, शुक्रबार

काठमाडौं – काठमाडौंको बालाजुमा यही फागुन २४ गते खबरदारी सभा गरिने भएको छ । विकासको नाममा विस्थापित भएकाहरुको पुनस्र्थापनाको नारा दिँदै सो खबरदारी सभा हुन लागेको हो ।

दिउँसो २ बजे हुने उक्त सभामा नेवार अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, मातृभाषा बोलेको निहुँमा प्रहरीले पक्राउ गरेको विरोधमा फागुन २८ गते ललितपुरको मंगलबजारमा प्रतिरोध सभा हुने भएको छ ।
केही दिनअघि उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिलगायतलाई नेपालभाषामा बोलेको आरोपमा प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको थियो ।

यस्तो भाषिक दमनको विरोधमा नेवाः देय् दबूको संयोजनमा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिलगायत विभिन्न संघसंस्थाको आयोजनामा सो प्रतिरोध सभा हुन लागेको हो ।

Categorized in उपत्यका