STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ मङ्सिर ३०, मंगलबार

    पशुपतिमा राष्ट्रपतिकाे क्षमापूजा, भाेलिदेखि खुल्ने

    काठमाडौं - भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका...

  • २०७७ मङ्सिर २९, सोमबार

    नेवाः युट्युबका विजयरत्नलाई सुशासन पत्रकारिता पुरस्कार प्रदान

    काठमाडौं महानगरपालिकाको आयोजनामा २६ अौं महानगर दिवस आज सम्पन्न भएको छ ।  विगत २६ वर्ष देखि हरेक वर्ष काठमाडौँ महानगरपालिकाले मंसीर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।   वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई आधार मानेर यो वर्ष पनि मंसिर २९ गते अर्थात भोलि सोमबार महानगरपालिकाले आफ्नो २६ औं महानगर दिवस विविध...

  • २०७७ मङ्सिर २८, आइतबार

    कोरोना संक्रमणबाट सुरक्षित हुँदै २६ औं महानगर दिवस मनाइने

    हरेक वर्ष काठमाडौँ महानगरपालिकाले मंसीर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।   वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई आधार मानेर यो वर्ष पनि मंसिर २९ गते अर्थात भोलि सोमबार महानगरपालिकाले आफ्नो २६ औं महानगर दिवस विविध कार्यक्रमसहित मनाउँदै छ ।  अहिले विश्व नै कोरोनाको कहरमा छ । नेपाल र त्यसमा पनि संघीय...

  • २०७७ मङ्सिर २८, आइतबार

    रोकिएको मनोहरा करिडोर पुनःनिर्माण शुरू

    भक्तपुर – भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ । पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिनुभयो । सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि...

  • २०७७ मङ्सिर २८, आइतबार

    भाषासेवी लक्ष्मीदास मानन्धरलाई हेमराज सिरपाः (पुरस्कार) प्रदान

    ‘लक्ष्मीदास मानन्धरको प्रयासबाट एकमात्र नेपालभाषाको माध्यमबाट अध्यापन भइरहेको जगतसुन्दर ब्वनेकुथि विद्यालय स्थापना भयो । उहाँ यो उमेरमा पनि नेपालभाषा उत्थानको लागि सक्रिय रुपमा लागिरहनु भएको छ । नेपालभाषा उत्थानको लागि पुस्तक संग्रह मात्र प्रकाशित गरेर पुग्दैन, साहित्य मात्र सिर्जना गरेर नपुग छ । भाषा उत्थानको लागि लक्ष्मीदासले पाइला चालेझैं हामी सबैले पाइला चाल्न सकेको खण्डमा अवश्य पनि भाषाको...

  • २०७७ मङ्सिर २७, शनिबार

    बांगेमुढास्थित प्राचीन वास्याःद्यः चाेर्ने प्रयास

    काठमाडौं – काठमाडौंको बांगेमुढास्थित प्राचीन वास्याःद्यः (दाँतको देउता) मूर्ति शुक्रबार राती चाेर्ने प्रयास भएकाे छ । देउता चोरी गरि हिँडेका चोरलाई शुक्रवार राती नै स्थानीयले वास्याःद्यःको काठको टुक्रा सहित समातेर महानगरिय प्रहरी प्रभाग जनसेवामा बुझाइएको छ ।    दाँत दुख्दा पैसा चामल राखेर साे ठाउँमा पैसालाई किल्लाले ठोक्दा दुखेको दाँत निको जनविश्वास रहेको छ ।  एक साता अघि पनि उक्त देउता चोर्नको...

  • २०७७ मङ्सिर २७, शनिबार

    थपिए उपत्यकामा ४८२ र देशभर ८९९ जना कोरोना संक्रमित

    काठमाडौं – आज काठमाडौं उपत्यकामा थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८१ जना, ललितपुरमा ६९ जना र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै देशभर आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५२४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ४७ हजार ५९३ जनामा कोरोना पुष्टि...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    धुलोबाट इँटा बनाउँदै कामपा

          काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ । यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ । हाल यसरी...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    गुह्येश्वरी यात्राको विधि पूरा

      प्रत्येक वर्ष मार्गशीर्ष कृष्णनवमीदेखि तलेजु भवानीलाई गुह्येश्वरीमा लगी गरिने जात्रा यस पटक कोरोना महामारीका बीच विधि पूरा गरिएको छ । यही मङ्सिर २४ गते हनुमानढोका दरबारबाट तलेजु भवानीलाई जमल–कमलपोखरी–कालोपुल हुँदै गुह्येश्वरी लगी पशुपति क्षेत्रका विभिन्न स्थानमा जात्रा गरिएको थियो । पशुपतिनाथ मन्दिर रहे पनि जात्राको विधि पूरा गर्न बिहीबार खोलेर तलेजु र गुह्येश्वरीको रथ घुमाइएको गुह्येश्वरी...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    धुलोबाट इँटा बनाउँदै काठमाडाै‌ महानगरपालिका

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ ।  कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ ।  यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको  छ । हाल यसरी...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    मालीगाउँमा द्यःछेँ (देवघर)को पुनर्निर्माण सुरु

    काठमाडाैं – काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र मालीगाँउमा रहेको ऐतिहासिक ‘मैती अजिमा शरण’ (द्यःछेँ/देवघर)को पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौं–५ मालीगाउँमा रहेको ऐतिहासिक द्यःछेँको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालको पहलमा सोही द्यःछेँ पुनर्निर्माण हुन लागेको हो ।...

  • २०७७ मङ्सिर २५, बिहिबार

    काठमाडौंका सडकमा २ हजार आधुनिक बत्ती जाेडिने

    काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा बिहीबार मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार...

Pages