STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्यापु दिवस मनाउन सरकारले आर्थिक सहयोग गर्ने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ पौष १६, बिहिबार

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले ज्यापु संस्कृति विकास कोषलाई ज्यापु दिवस मनाउन आर्थिक सहयोग दिने वचन दिएका छन् ।

१७ औं ज्यापु दिवसको अवसरमा बुधबार भएको एक कार्यक्रममा पोखरेलले ज्यापु दिवस मनाउन राखिएको अक्षयकोषमा ६० लाख रहेकोमा त्यसै कोषमा थप गरी १ करोड पु¥याउने वचन दिएका छन् ।

बुधबार योमरि पूर्णिमाको दिन काठमाडौंको सभागृहमा ज्यापु दिवसको अवसरमा भएको विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो वचन दिएका हुन् ।

पोखरेलले मिति नै तोकेर ०७८ सालको ज्यापु दिवसमा संस्कृति विकास कोषको अक्षयकोष १ करोड पु¥याउने घोषणा गरेका थिए । सरकारले कोरोना संक्रमणको जोखिम रोक्न गरेका कामहरु प्रभावकारी भएको जनाउँदै सरकारलाई कामै गर्न नदिएकोले प्रतिनिधिसभा विघटनको स्थिति आएको पनि पोखरेलले सो कार्यक्रममा बताएका थिए ।

ग्वःफः टोल माकः गल्ली ज्यापु समाजको संयोजनमा भएको सो कार्यक्रममा विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहको सभापतित्वमा भएको थियो । 

कार्यक्रममा शिक्षा एवं विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ज्यापु दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर हरिप्रभा खड्गी, ज्यापु महागुथि नेपालका अध्यक्ष राजभाई जकःमि, न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन, ज्यापु दिवस संयोजक गोविन्द महर्जनलगायतको उपस्थिति रहेको थियो ।

ज्यापु समुदायका विशेष व्यक्तित्वलाई दिइने ‘ज्यापु रत्न’ यस वर्ष न्हूदँ समारोह समितिका अध्यक्ष एवं उद्योगपति व्यापारी रमेश महर्जनलाई दिइएको थियो ।

न्यत त्वाः पुचःको सांस्कृतिक नृत्य देखाइएको यस वर्षको कार्यक्रम कोरोना महामारीका कारण राष्ट्रिय सभागृहको हलमा सीमित व्यक्तिहरुको उपस्थितिमा सामाजिक दुरी कायम गरी मनाइएको थियो ।

 

Categorized in उपत्यका