STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ भाद्र ११, बिहिबार

    ललितपुरकी एक वृद्धाकाे काेराेनाबाट पाटन अस्पतालमा मृत्यु

    ललितपुर –  ललितपुर निवासी एकजना ६५ वर्षीया महिलाकाे कोरोना संक्रमितबाट पाटन अस्पतालमा मृत्यु भएको छ। आईसीयुमा उपचाररत उनकाे बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे  छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ।

  • २०७७ भाद्र ११, बिहिबार

    काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत सम्पन्न

    काठमाडौँ – काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरुपमा काम गरिरहेका छन् । अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए...

  • २०७७ भाद्र ११, बिहिबार

    उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

    काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता...

  • २०७७ भाद्र १०, बुधबार

    आजको कागेश्वरी मेला स्थगित

    काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिनुभयो । कागेश्वरी महादेव मन्दिरमा...

  • २०७७ भाद्र १०, बुधबार

    काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म थप

    काठमाडौँ – काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले जारी निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा...

  • २०७७ भाद्र ९, मंगलबार

    पटक–पटक अन्योलमा रातो मच्छिन्द्रनाथ रथयात्रा

    ललितपुर –  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथ रथयात्रा पुनः अन्योलमा परेको छ । मुलुकमा दिनानुदिन बढ्दै गएको कोरोना महामारी र समयाभावका कारण रथयात्रा कहिले हुन्छ भन्ने निश्चित नभएको हो । देशभर हरेक दिन कोरोना सङ्क्रमित थपिँदै जाँदा यसै महिनाको तेस्रो सातासम्ममा मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न गर्न आवश्यक भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । “अबको एक...

  • २०७७ भाद्र ९, मंगलबार

    उपत्यकाकाे निषेधाज्ञा एक साता थप गर्न सिफारिस

    काठमाडौँ – काेरोनाकाे जाेखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । ...

  • २०७७ भाद्र ९, मंगलबार

    उपत्यकामा खानेपानीको पाइप र ढल विस्तार गरिने

    काठमाडौँ – काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल विस्तार गर्ने भएको छ । उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा पाइप विस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप विस्तारको काम गरिरहेको छ ।...

  • २०७७ भाद्र ९, मंगलबार

    कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु

    काठमाडाैं – नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं. २१ का सभापति गोविन्द रञ्जितकाे कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ। ६७ वर्षीय रञ्जितकाे मंगलबार बिहान मृत्यु भएको काठमाडाैं जिल्ला सभापति सबुज बानियाँले जनाएका हुन् । उपचारका क्रममा रञ्जितकाे मृत्यु भएको बताइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि रञ्जित आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर...

  • २०७७ भाद्र ९, मंगलबार

    उपत्यकाकाे निषेधाज्ञालाई लम्ब्याउने तयारी

    काठमाडौं – काठमाडाैं उपत्यकामा कोरोना संक्रमणकाे जोखिम बढ्दै गएपछि गत भदाै ३ देखि लगाइएकाे निषेधाज्ञा पुनः लम्ब्याउने तयारी हुँदैछ । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिँदै छ । निषेधाज्ञाकै विषयमा मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को...

  • २०७७ भाद्र ९, मंगलबार

    बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउने

    बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो । उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा...

  • २०७७ भाद्र ९, मंगलबार

    दत्तात्रय पुजारी मठमा घोषणा गरियो नयाँ पिर महन्त

    भक्तपुर – यक्ष मल्लको पालामा निर्माण भएकोे गुरु दत्तात्रय मन्दिरसँगैको दत्तात्रय पुजारी मठको गद्दी बैठक कक्ष । सोही कक्षको भित्ता तथा कलात्मक थाम र निदालमा ६०० वर्ष पुरानो धार्मिक कथा बोकेका आकर्षक बहुमूल्य चित्रहरु– विष्णु भगवानको दशावतार, अष्टमातृका, दुर्गा भवानीले महिषासुरको बध गरेको आदि छन् । दत्तात्रयस्थित पुजारी मठको ६०० वर्ष पुरानो गद्दी बैठकको यही कलात्मक कक्षमा सयाँै वर्ष पुरानो...

Pages