उपत्यका
-
२०७७ कार्तिक १९, बुधबार
यसरी हुँदैछ उपत्यकाको ट्राफिक व्यवस्थापन
काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ । कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी...
-
२०७७ कार्तिक १९, बुधबार
आजदेखि चित्लाङ–थानकोट सडक बन्द
टिस्टुङ – मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने,...
-
२०७७ कार्तिक १८, मंगलबार
व्यवस्थित ढंगले निःशुल्क खाना खुवाए आपत्ति छैन : मेयर शाक्य
काठमाडाैं – काठमाडौंको टुँडिखेल खुलामञ्चमा गत केही समयदेखि खुला रुपले खुवाइँदै आइरहेको निःशुल्क खाना खुवाउने अभियानले बाहिरी जिल्लाबाट काठमाडौं आउनेहरूलाई थप आकर्षित गर्ने चिन्ता बढेको छ । साथै दिनको २०० जना व्यक्तिलाई एकै ठाउँमा राखेर खाना खुवाउँदा काठमाडौंमा कोरोना संक्रमणको खतरा पनि उत्तिकै बढ्ने चिन्ता व्याप्त भएको छ । यसै चिन्तालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले निःशुल्क खाना खुवाउने...
-
२०७७ कार्तिक १८, मंगलबार
ललितपुरका ६ हजार बढी सङ्क्रमित निको भए
ललितपुर – ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६ हजार ३१६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको...
-
२०७७ कार्तिक १८, मंगलबार
चाँगुनारायण ताथलीमा व्यायाम पार्क बन्ने
भादगाउँ– चाँगुनारायण नगरपालिका–९, ताथलीमा नगरपालिकाकै पहिलो व्यायाम पार्क बन्ने भएको छ । बढ्दो शहरीकरणले खुला स्थान तथा खेलमैदानको अभाव हुन थालेपछि सर्वसाधारणलाई नियमित शारीरिक व्यायाम गर्न सहज होस् भन्ने हेतुले ताथलीमा खेलमैदानसँगै व्यायाम पार्क बन्न लागेको हो । ताथलीको सौडोलको करिब चार रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा करिब रु पाँच लाखको लागतमा व्यायाम पार्क बन्न लागेको हो । यसका लागि...
-
२०७७ कार्तिक १८, मंगलबार
भिडसँगै संक्रमणकाे जाेखिम बढेपछि नि:शुल्क खाना खुवाउनमा राेक
काठमाडौं– काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी ‘दैनिक खाना खुवाउने’ अभियानमा रोक लगाउने भएको छ। सार्वजनिक स्थलहरूमा खाना खुवाउँदा शहर अव्यवस्थित र फोहोर बनेको तथा सरकारको बेइज्जत भएको भन्दै खाना खुवाउन आउने र खानेविरुद्ध खट्न महानगरले नगर प्रहरीलाई निर्देशन दिएको हो। तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना...
-
२०७७ कार्तिक १७, सोमबार
कान्ति अस्पताललाई एकथान पीसीआर मेसिन प्रदान
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन प्रदान गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज सोमबार हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले ...
-
२०७७ कार्तिक १७, सोमबार
नेपालभाषाको स्थानीय पाठ्यक्रम पढाउन सबै विद्यालयलाई पत्राचार
काठमाडौं – आफू मातहतका सबै विद्यालयहरुलाई नेपालभाषाको स्थानीय पाठ्यक्रम पढाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएको छ । महानगरपालिकाको असोज १९ गते बसेको ५१ औं बैठकमा महानगरपालिकाअन्तर्गत संचालित सबै विद्यालयहरुमा शैक्षिक सत्र २०७७ देखि आधारभूत तह (कक्षा १ देखि ८ सम्म) नेपालभाषाको स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय भएको थियो । यही निर्णयअनुसार सबै विद्यालयलाई सो पाठ्यक्रम पढाउन महानगरपालिकाको...
-
२०७७ कार्तिक १७, सोमबार
ललितपुर सुनाकोठीका बासिन्दाले गरे अनिश्चितकालीन सडक बन्द
ललितपुर – ललितपुरको सुनाकोठीका बासिन्दाले अनिश्चितकालका लागि सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र छाड्दा धुलो र हिलोले आफूहरु पीडित भएको सुनाकोठीका बासिन्दाले बताएका छन् । चार महिनाअघि पनि त्यहाँका बासिन्दाले सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए ।...
-
२०७७ कार्तिक १६, आइतबार
ललितपुरमा कोरोना सङ्क्रमित ८ हजार नाघे
ललितपुर – ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको सङ्ख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१० पुगेको कार्र्यालय...
-
२०७७ कार्तिक १६, आइतबार
गोकर्ण निकुञ्जको पर्खाल भत्किएपछि जंगली जनावरबाट अन्नबाली नष्ट
काठमाडौँ – नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ । पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँटमा लगाइएको अन्नबाली निकुञ्जबाट निस्कने जङ्गली जनावरले खाने गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–५...
-
२०७७ कार्तिक १५, शनिबार
‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । जात्रा नगरिए पनि...


