STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्थानीय युवाकाे पहलमा रंजित चाेकमा इँटा छपाइ हुँदै

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २३, आइतबार

काठमाडौं – काठमामाडौं महानगरपालिका २१ वडा पद्मसुगन्ध मार्गअन्तर्गत रहेको रंजित चोक सुव्यवस्थित गर्नका लागि गत असोज १४ गतेदेखि पुर्ननिर्माण, सरसफाई तथा इँट्टा छपाइ कार्य भइरहेको छ ।

समाज सुधारका साथै समाजसेवी, जनचेतना जागरुकता विकास गर्नका लागि गत श्रावण ७ गते रञ्चित चुकः पुचः गठन भएकाे थियाे । साे पुचः (समूह)का अध्यक्षमा सुमित रंजित, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा रूपक श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा विकास शाही, छोरीमैंयाँ श्रेष्ठ, कविरकुमार महर्जन, माइला शाक्य, प्रेमशोभा शाक्य, लक्ष्मण जोशी रहेका छन् ।

अध्यक्ष रञ्जितका अनुसार आफ्नो टोल आफै स्वच्छ सफा राखौं भन्ने उद्देश्यका साथ ढलबाट निस्केको दुर्गन्धकाे व्यवस्थापन गरी सरसफाइपछि चोकमा इँट्टा बिछ्याइएको जनाए ।

तस्बिर तथ समाचार : रिदेन महर्जन

Categorized in उपत्यका