STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २१, शुक्रबार

काठमाडाैं – काठमाडौं उपत्यकामा बुधबार मात्र थप १ हजार ८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आज बुधबार काठमाडौंमा १ हजार ५ सय ७०, भक्तपुरमा १ सय १९ र ललितपुरमा १ सय ८९ जनामा कोरोना पुष्टि भएको हो ।

देशभर आज १३ हजार १ सय ४४ को पीसीआर गर्दा ३ हजार ३ सय ९ जना संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८ सय ४४ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ । 

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै १ हजार ३४ संक्रमितको मृत्यु भएको छ ।

Categorized in उपत्यका