STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

युवा समाजसेवी राजकमल महर्जन कीर्तिपुरको माःक्वाःचा गार्डेनको नयाँ अध्यक्ष

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ कार्तिक २३, आइतबार

कीर्तिपुर नगरपालिका २ वडा देवढोका टोलमा रहेको पर्यटकीय रमणीय स्थान माःक्वाःचा गार्डेनको नेतृत्वको जिम्मा कीर्तिपुरका युवा समाजसेवी राजकमल महर्जनले लिएका छन् ।

शनिबार माःक्वाःचा गार्डेनमा भएको वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको लाागि युवा समाजसेवी राजकमल महर्जनलाई सर्वसम्मतबाट माःक्वाःचा गार्डेनको अध्यक्ष पदमा चयन गरेको थियो ।

यस्तै, उक्त सभाबाट नयाँ कार्यसमितिमा उपाध्यक्ष राजेश महर्जन, सचिव अमन महर्जन, कोषाध्यक्ष विक्रम महर्जनका साथै सदस्यहरु महेश महर्जन, राजकिरण महर्जन, सचिन महर्जन, सुजन महर्जनका साथै राजभाई महर्जन सर्वसम्मतबाट चयन गरेको थियो ।

कीर्तिपुर २ वडा देवढोका टोलका युवाहरुद्वारा संचालित करिब १३ रोपनी जग्गा ओगटेको माःक्वाःचा गार्डेनबाट चन्द्रागिरी नगरपालिका १५ वडा नैकाप जोडिएको झोलुंगे पुल निर्माण भइसकेको छ भने उक्त माःक्वाःचा परिसरमा विभिन्न आकर्षक पार्कहरु पनि निर्माण भइसकेको छ ।  यस्तै, चिल्ड्रेन पार्क पनि निर्माण भइसकेको छ भने आन्तरिक एवं वाह्य पर्यटकहरुको लागि नेवाः परिकारको रेष्टुरेन्ट पनि संचालित छन् ।

माःक्वाःचा गार्डेनमा अध्यक्ष पदमा बसिसकेपछि नयाँ अध्यक्ष राजकमल महर्जनले माःक्वाःचा गार्डेनलाई अझ रमणीय एवं आकर्षक पर्यटकीय स्थल बनाउनको निम्ति विभिन्न सोंच एवं योजनाहरु भएको कुरा राख्नुहुँदै त्यसको निम्ति सम्बन्धित विज्ञहरुसंग परामर्श गरी माःक्वाःचा गोर्डेनको स्तरोन्नति तथा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

नयाँ अध्यक्ष राजकमल महर्जनले माःक्वाःचा गार्डेनको नेवाः परिकारयुक्त रेष्टुरेन्टलाई व्यवस्थित एवं गुणस्तरीय बनाउनको निम्ति नौलो सोंचबाट पाइला चालिने र रेष्टुरेन्टका अतिथि वर्गकासाथ गार्डेनमा पाल्नु हुने पर्यटकहरुलाई अझ बढी आकर्षित गर्ने एवं गार्डेनका विभिन्न स्थानहरु स्वच्छ एवं सुन्दर बनाउनको निम्ति आफूले सक्दो प्रयास गर्ने जानकारी पनि दिनुभयो ।

कीर्तिपुर २ वडाका विभिन्न स्थानमा माःक्वाःचा गार्डेनका नयाँ अध्यक्ष युवा समाजसेवी राजकमल महर्जनको प्रयासबाट विकास निर्माणदेखि सांस्कृतिक जगेर्णाका सम्पदा पुनःनिर्माण एवं विभिन्न कार्यक्रमहरु भइरहेको छ ।

नौलो सोंच र नयाँ योजनाका साथ जुनसुकै कार्य होस्, पृथक बनाउने लक्ष्यका साथ अगाडि बढिरहने युवा समाजसेवी राजकमल महर्जनले अब माःक्वाःचा गार्डेनको नेतृत्व सम्हाल्नु भएको छ । उहाँले माःक्वाःचा गार्डेनलाई कुन मोडमा मोडिने हो, त्यो भने हेर्न बाँकी नै छ ।

Categorized in उपत्यका