STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आश्विन २२, बिहिबार

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त

    ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् । यही ८ असोजमा ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजिटिभ देखिएको थियो । ९ असोजदेखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । उनले भने...

  • २०७७ आश्विन २१, बुधबार

    कीर्तिपुरका जनप्रतिनिधि एवं कर्मचारीमा कोरोना संक्रमण

    कीर्तिपुर – कीर्तिपुर नगरपालिकाभित्र वडाध्यक्ष र सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कीर्तिपुर ९ वडाध्यक्ष गंगाराम महर्जनसहित केही वडासदस्यहरुमा कोरोना संक्रमण देखिएको उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले एक विज्ञप्ति सार्वजनिक गर्दैै यसको जानकारी दिएका हुन् । महर्जनलाई यो दोस्राेपटक संक्रमण भएकाे हो । नगरपालिकाले आफ्ना दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ...

  • २०७७ आश्विन २१, बुधबार

    दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

    काठमाडौँ – नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् । विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर...

  • २०७७ आश्विन २१, बुधबार

    चाबहिलमा सार्न मिल्ने पुल

    काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुलको आज काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य ले एक छोटो कार्यक्रम बीच उदघाटन गरेका छन् । सो  फलामे आकाशे पुलको  डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेका हुन् भने उनले बताए अनुसार  नटबोल्ट खोलेर यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ भने  पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको...

  • २०७७ आश्विन २१, बुधबार

    चिकंमुगलमा गणेशको मूर्ति पुनर्स्थापन गरिने

    काठमाडौं – काठमाडौं मनपा २० वडास्थित चिकंमुगल टोलमा गणेशको मूर्ति पुनर्स्थापन गरिने भएको छ । १८ औं शताब्दीको गणेशको मूर्ति चोरी भएपछि रिक्त स्थानमा नयाँ मूर्ति पुनर्स्थापन गर्न स्थानीयको पहलमा समिति नं गठन भएको छ । चिकंमू टोल गणेश मूर्ति पुनःस्थापना समितिले नयाँ मूर्ति पुनस्र्थापनाको लागि सबै श्रद्धालुमा अपिल समेत गरेको छ । समितिले जनाएअनुसार पुरानो मूर्ति चोरी भएको १८ वर्ष बितिसकेकोले चिकंमुगः...

  • २०७७ आश्विन २१, बुधबार

    अनलाइन प्रणालीबाट कामपाको राजश्व असुली प्रभावकारी, महिना नपुग्दै साढे पाँच करोड असुली

    काठमाडौँ– अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ । कामपा राजश्व विभागका...

  • २०७७ आश्विन २१, बुधबार

    पशुपति विकास कोषको कार्यालय घेराउ

    काठमाडौं – आदिवासीलाई विस्थापित गर्ने गरी ल्याइएको पशुपति विकास कोषको गुरुयोजनाको विरोधमा आज बुधबार कोषको कार्यालय शान्तिपूर्ण घेराउ गर्ने भएको छ । बिहान ९ बजेदेखि ११ बजेसम्म हुने सो घेराउ कार्यक्रम पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा हुन लागेको हो । आदिवासी नेवारहरुको बस्ती हटाई उनीहरुलाई विस्थापित गराउन खोजेको, पशुपतिनाथसँग सम्बन्धित गुठीका जग्गाहरु कौडीको भाउमा निजी होटलहरुलाई लिजमा...

  • २०७७ आश्विन २१, बुधबार

    यस वर्ष भक्तपुर तलेजुमा दशैंको बलि नदिइने

    काठमाडौं – यस वर्षको दशैंमा भक्तपुर तलेजुमा बलि नदिइने भएको छ । मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख तथा तलेजुका पुजारीहरुसँग बसेको बैठकले सो निर्णय गरेको थियो । यस वर्ष कोरोनाभाइरस संक्रमणको जोखिम रहेकोले दशैंको बलि नदिइकन विधिपूर्वक परम्परागत पूजा मात्र गरिने निर्णय भएको थियो ।...

  • २०७७ आश्विन २०, मंगलबार

    ललितपुरमा कोरोना संक्रमित तीन हजार पुग्याे

    ललितपुर – ललितपुरमा कोरोना संक्रमितको संख्या तीन हजारभन्दा बढी पुगेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार २६२ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या एक हजार ८०३ रहेको छ ।  यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ४३० र मृतकको संख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा...

  • २०७७ आश्विन २०, मंगलबार

    उपत्यकाका १ हजार १७ सहित १ हजार ५ सय ५१ जनामा कोरीना संक्रमण पुष्टि

    काठमाडाैँ – आज उपत्यकामा १ हजार १७ जना सहित देशभर १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन ।  काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज २ हजार ३ सय...

  • २०७७ आश्विन २०, मंगलबार

    बस्ती हटाएर आधुनिक ठूला भवन बनाउने गुरुयोजनाप्रति पशुपतिबासी आन्दोलनमा

    काठमाडौँ – पशुपति क्षेत्र विकास कोषको पुनःसंरचनाको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । आइतबारदेखि धर्ना, ‘ब्ल्याक आउट’लगायत कार्यक्रम जारी राखेको पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।  स्थानीयवासीले हाल छ महिनाअघि कोष सञ्चालक परिषद्‌बाट पारित गुरुयोजना खारेजी, कोष पदाधिकारीको राजीनामासमेत माग गरी विरोधका कार्यक्रम अघि बढाइएको समिति संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो । “...

  • २०७७ आश्विन २०, मंगलबार

    काठमाडाैंमा नेपालभाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपालभाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।  सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपालभाषाको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ५१औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।  संविधानले...

Pages