STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आश्विन २०, मंगलबार

    टेबहालको क्वाःपाः देवघर र कामपा २२ वडा कार्यालय भवनको शिलान्यास

    काठमाडौं – विसं २०७२ सालको महाभूकम्पले क्षति पु¥याएको टेबहालको क्वाःपाःद्यः छेँ (क्वाठपाल देवघर)को शिलान्यास भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार उक्त देवघरको शिलान्यास गर्नुभएको हो । देवघरसँगै प्रमुख शाक्यले काठमाडौं महानगरपालिका २२ वडाको नयाँ भवनको पनि शिलान्यास गर्नुभएको छ । भवन निर्माणको लागत करिब चार करोड १९ लाख ७३ हजार २३३ रुपैँया रहेको छ ।  

  • २०७७ आश्विन १९, सोमबार

    काठमाडौंका ११ सय ७८ सहित उपत्यकामा १५ सय ३१ जनामा संक्रमण पुष्टि

    काठमाडौं – उपत्यका अहिले कोरोनाको हटस्पट बनिरहेको छ । दिनप्रतिदिन यहाँ कोरोना संक्रमित बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए । गौतमका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको हो ।  यसैगरी नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको...

  • २०७७ आश्विन १९, सोमबार

    अनुगमन टोली पुगेपछि कालिमाटी व्यापारी भागाभाग

    काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् ।  काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् । यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री...

  • २०७७ आश्विन १९, सोमबार

    थिमिमा विभिन्न आयोजनाको निर्माण हुँदै

    भक्तपुर – “माननीयज्यू, यो सडक समयमै सम्पन्न गर्नुपर्छ, तपाईँले अन्तजस्तै यहाँ पनि समय समयमा अनुगमन गर्नुभयो भने गुणस्तरीय काम हुने थियो ।” सांसद महेश बस्नेतसँग स्थानीयवासीले आफ्ना कुरा राख्दै थिए । उहाँ मध्यपुरथिमि नगरपालिका–९ स्थित निकोसेरा हिमालय टोल सडक छ मिटर चौडामा विस्तार स्तरोन्नति एवं कालोपत्र शुरु हुनुअघि स्थानीय बासिन्दासँग छलफल एवं अनुगमन गर्न पुग्नुभएको थियो ।  काठमाडौँ उपत्यका विकास...

  • २०७७ आश्विन १९, सोमबार

    बडादशैंँलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाकाे आग्रह

    भक्तपुर – भक्तपुर नगरपालिकाले यस वर्षको बडादशैंलाई औपचारिकतामा सीमित गर्न आग्रह गर्दै सरोकार पक्षसँग छलफल शुरु गरेको छ । भक्तपुरमा बडादशैंको महानवमीको दिन खःम्ये जात्रा, विजयादशमीको दिन ब्रम्हायणीमा मेला लाग्नेलगायत विशेष पर्व तथा पूजा हुने गर्छ । नगर प्रमुख सुनिल प्रजापति र वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाभित्र कोरोना सङ्क्रमणको अवस्था भयावह बनिरहेका परिस्थितिमा नजिकिँदै गरेको...

  • २०७७ आश्विन १९, सोमबार

    उपत्यकामा सङ्क्रमण बढ्यो तर सेवाग्राहीको भीड घटेन

    काठमाडौँ – काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन ।  यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ । शुक्रबार एकान्तकुनास्थित यातायात...

  • २०७७ आश्विन १८, आइतबार

    उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका १३७३ , भक्तपुरका ३९  र ललितपुरका  १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार काठमाडौंका ५५ वर्षीय पुरुष र ललितपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा...

  • २०७७ आश्विन १८, आइतबार

    कीर्तिपुर क्षेत्रबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छु : मीमकुमार महर्जन

    "जुन व्यक्तिले निष्पक्ष र निःस्वार्थ ढंगबाट समाजको हित एवं विकासको निम्ति उदाहरणीय कार्य गर्छ, त्यो व्यक्तिलाई समाजले फेरि फेरि थपाथप उक्त कार्यको लागि उत्तराधिकारीको रुपमा चुनिन्छ" यो भनाइको उदाहरणको रुपमा इन्द्रायणी परिवार क्लबको साधारणसभामा अध्यक्ष पदको लागि भएको निर्वाचनमा फेरि अध्यक्ष पद सुरक्षित गर्न सफल अध्यक्ष मीमकुमार महर्जनले स्पष्ट गर्नुभएको छ । बि.सं. २०३५ सालमा स्थापित इन्द्रायणी...

  • २०७७ आश्विन १८, आइतबार

    ललितपुर भीमसेन मन्दिरको पहिलो तलाकाे पुनःनिर्माण सम्पन्न

    ललितपुर – पाटन दरबार स्क्वायरस्थित व्यापारको आराध्यदेवता मानिने भीमसेन मन्दिर पुनःनिर्माणको काममध्ये पहिलो तला सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को भूकम्प र पटकपटकको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा भएकाे थियो ।  निर्माणाधी मन्दिरमा भुइँ तलाको काम सकिएर पहिलो तलाकाे कामसमेत सकिएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल...

  • २०७७ आश्विन १६, शुक्रबार

    उपत्यकामा कोरोना जोखिम बढ्दै • एकैदिन १६ सय ३८ जनामा संक्रमण

    काठमाडौं – निषेधाज्ञा हटेसँगै उपत्यकामा कोरोना संक्रमणकाे जोखिम दिनानुदिन बढिरहेकाे छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका १ हजार २८० , भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएको छ। यसैगरी उपत्यकामा एकैदिन ५  जनाको मृत्यु भएकाे छ । काठमाडौंमा...

  • २०७७ आश्विन १६, शुक्रबार

    स्थानीय मिडिया स्थानीय सरकारको मुटु हो : कीनपा प्रशासकीय अधिकृत

    कीर्तिपुर नगरपालिकाकी प्रमुख नव प्रशासकीय अधिकृत सीता परियारले स्थानीय संचारमाध्यम भनेको स्थानीय सरकारको मुटु भएको विचार राखेकी छिन् । कीर्तिपुर नगरपालिकाको सातौं नगरसभाले पारित गरेको नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रम एवं नगरपालिकाको नियमित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख नव प्रशासकीय अधिकृत परियारले स्थानीय संचारमाध्यमले स्थानीय सरकारका हरेक क्रियाकलापको प्रमुख संवाहकको रुपमा...

  • २०७७ आश्विन १५, बिहिबार

    रानीपोखरी बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन

     काठमाडौं – रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । १८९०...

Pages