STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मैतीदेवीमा सडेको मासु बिक्रीमा, अनुगमन टोलीले नष्ट गरे

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २२, बिहिबार

काठमाडौं – काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु विक्री गर्न राखेको पाईएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलिले नष्ट पारेको छ ।

त्यस्तै मासुपसलमा म्याद गुजे्रको मसला समेत पाइएको छ । महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए ।

त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफ सहित महानगरमा आउन भनिएका बमले बताए ।

महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणिकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उनले बताए ।

Categorized in उपत्यका