STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरका मासु तथा खाद्यान्न पसलको अनुगमन

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २४, शनिबार

भक्तपुर – भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसल अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको  जनाइएको छ ।

अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । मासु पसलमा ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, एप्रोन प्रयोग नगरी मासुको काम गरेको, मासु जालीले नछोपेको, मूल्यसूची नराखेको पाइएको उहाँले बताउनुभयो ।

 

Categorized in उपत्यका