STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरका जनप्रतिनिधि एवं कर्मचारीमा कोरोना संक्रमण

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ आश्विन २१, बुधबार

कीर्तिपुर – कीर्तिपुर नगरपालिकाभित्र वडाध्यक्ष र सदस्यहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कीर्तिपुर ९ वडाध्यक्ष गंगाराम महर्जनसहित केही वडासदस्यहरुमा कोरोना संक्रमण देखिएको उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले एक विज्ञप्ति सार्वजनिक गर्दैै यसको जानकारी दिएका हुन् ।

महर्जनलाई यो दोस्राेपटक संक्रमण भएकाे हो ।

नगरपालिकाले आफ्ना दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । नगरपालिकाका वडाध्यक्षहरुकोे कोरोना पोजेटिभ पुष्टि भएसँगै उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले नगरपालिकाले सम्पूर्ण नगरबासीलाई सचेत एवं सर्तकता अपनाउन समेत अनुरोध गरेकी छिन् ।

यसअघि महर्जनसँगै कीर्तिपुर १ वडाध्यक्ष एवं सरसफाइ विभाग प्रमुख हर्ष महर्जनलाई संक्रमण भएकाे थियाे । संक्रमण देखिएपछि उनीहरु राराहिल स्कुलको क्वारेन्टाइनमा बसेर संक्रमण मुक्त भएका थिए ।

 

यसैगरी १० वडाध्यक्ष अमन महर्जनलाई पनि कोरोना संक्रमण भएको छ भने महर्जन अहिले पनि होम क्वारेन्टाइनमै रहेका छन् ।

Categorized in उपत्यका