STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जागरुकको चौथो रक्तदान कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २६, सोमबार

जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुम्बहालमा रक्तदान कार्यक्रम गरेको हो ।

ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा समाजले रक्तदान कार्यक्रमको आयोजन गरेको हो । 

कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए ।

पछिल्लो समयमा जागरुक युवा समाज विशेष गरी काठमाडौंका भित्रि बस्तीमा फुटपाथ पसल हटाउ अभियानमा सक्रिय रहँदै आएको छ ।

अहिले महामारीको समयमा कुनै पनि विरामीले रगतको अभावका कारण ज्यान गुमाउन नपरोस् भनी समाजले रक्तदानलाई पनि तीव्रता दिएको समाजका सह सचिव साथै रक्तदान कार्यक्रम संयोजक राजीव श्रेष्ठले बताए ।

सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमलाई सुरक्षित ढङ्गले सम्पन्न गर्न ब्लोदानका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), मास्क र सेनिटाइजर लगायतका आवश्यक सुरक्षा सामग्रीहरु २४ वडाका वडाअध्यक्ष बालकृष्ण श्रेष्ठले सहयोग गर्नुभएको आयोजकले जानकारी दिएको छ । 

 २४ वडाका सदस्य साथै ब्लोदानका केन्द्रीय सदस्य र जागरुकका सल्लाहकार विनोद तुलाधरले रगत भनेको अरु औषधीहरु जस्तै बजारमा गएर पनि किन्न सकिन्न, भन्नेवित्तिकै पाउन पनि गार्हो हुनसक्छ भनि  भनेका छन् भने

कार्यक्रममा केन्द्रिय रक्त संचारका निर्देशक डा.मनिता राजकर्णिकार, केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति लगायत ब्लोदानका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

समाजले यस अघि पनि काठमाडौंको थँहिति, त्यौड, पुरानो ढल्को लगायतका क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Categorized in उपत्यका