STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चाबहिलमा सार्न मिल्ने पुल

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २१, बुधबार

काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुलको आज काठमाडौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य ले एक छोटो कार्यक्रम बीच उदघाटन गरेका छन् ।

सो  फलामे आकाशे पुलको  डिजाइन इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले गरेका हुन् भने उनले बताए अनुसार  नटबोल्ट खोलेर यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ भने  पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको छ ।

२०७६ माघ ९ गते सो पुलको शिलान्यास भएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो ।

१ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।

Categorized in उपत्यका