STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बूढानीलकण्ठ नगरपालिकाकाे न्यायिक समितिका सम्पूर्ण सेवा बन्द

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २३, शुक्रबार

बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिकामा न्यायिक समितिका सम्पूर्ण काम बन्द गरिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर राखी अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय भएकाले यस न्यायिक समितिबाट इजलास सुनुवाइ हुने सबै सेवा कात्तिक २५ गतेसम्म बन्द हुने जनाएको छ ।

पछिल्लो समय नगरपालिकामा सङ्क्रमणको दर बढ्दै गएको छ । नगरप्रमुख, कर्मचारी तथा स्वास्थ्यकर्मीसमेत सङ्क्रमण भएका छन् ।

Categorized in उपत्यका