उपत्यका
-
२०७७ आश्विन ७, बुधबार
टोखामा भूमिगत तार पड्कियो
काठमाडौं – काठमाडौंको टोखास्थित भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि साे स्थानमा बिजुली गएकाे छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातमै मर्मतका लागिए खटिएकाे थियाे । रातकाे झरीमा काम गर्दा पनि बिग्रिएको ठाउँ पत्ता लगाउन सकेकाे छैन । गए राति लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण...
-
२०७७ आश्विन ६, मंगलबार
असोज १० गते कीर्तिपुरमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानको विशेष कार्यक्रम
ललेन्द्र शाक्य 'आजको आवश्यकता, आत्मनिर्भर सहितको समृद्धि' नाराका साथ राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालले कीर्तिपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियानकी कीर्तिपुर नगरपालिका संयोजक एवं कीर्तिपुरका क्रियाशील उद्यमी सविता महर्जनले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रम असोज १० गते शनिबार कीर्तिपुर नगरपालिका ३ वडा कुतिसा टोलस्थित श्रीपंचमी मानन्धर गुथिमा...
-
२०७७ आश्विन ५, सोमबार
भक्तपुरकाे भर्चुअल सम्पदा यात्रा हुने
भक्तपुर – युरोपेली मुलुकहरुमा भक्तपुरबारे जानकारी दिने उद्देश्यले भोलि मंगलबार भर्चुअल सम्पदा यात्रा (हेरिटेज टुर) हुने भएको छ । उक्त सम्पदा यात्रा युरोपका दर्जनौं मुलुकमा लाइभ गरिने व्यवस्था गरिएको छ । विश्व कार फ्रि दिवसको अवसर पारेर मंगलबार उक्त भर्चुअल सम्पदा यात्रा हुने भएको हो । प्रत्येक वर्षको सेप्टेम्बर २२ को दिन विश्वभर कार फ्रि दिवस मनाइन्छ । सम्पदा क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरेर...
-
२०७७ आश्विन ५, सोमबार
काठमाडौंका ५३८ सहित उपत्यकामा थप ६७४ जनामा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो। यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको...
-
२०७७ आश्विन ३, शनिबार
"खै तपाईंको मास्क ?"
काठमाडौं – लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र कीर्तिपुर स्वास्थ्यकर्मीहरुको संयुक्त संयोजनमा ‘खै तपाईंको मास्क ?’ अभियान सुरु गरिएको छ । संक्रमणको घेरा तोडौं भन्ने मुख्य नाराका साथ शनिबार कीर्तिपुर बाघभैरवलगायत पांगाको ध्वाकासि, लाछि, अमृतनगर सौगात मन्टेश्वरी स्कुल र नयाँ बजार पांगा दोबाटोमा सो अभियान सुरु गरिएको छ । ४१ वटा संघसंस्थाको संयुक्त सहभागितामा नेवाः...
-
२०७७ आश्विन ३, शनिबार
प्रहरीको निर्घात कुटपिटबारे छानबिन हुने
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ । गुप्तामाथि बिहीबार प्रहरीले नियन्त्रणमा लिनु अघि र पछि कुटपिट गरेको थियो । बिजुलीबजार क्षेत्रमा...
-
२०७७ आश्विन २, शुक्रबार
मेट्रो एफएमको वार्षिकोत्सव सम्पन्न
विजयरत्न असंबरे काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको सामुदायिक एफइम मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जको आज बिहिवार २१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संचार सम्बन्धि विविध लेखहरु समेटेर ‘मेट्रो स्मारिका’ सार्वजनिक गरीएको छ भने कोविड १९ का कारण सीमित सहभागीअरुका बीच बार्षिकोत्सव मनाइएको हो । यो स्मारिकाको प्रधान सम्पादक राजेन्द्र स्थापित हुनु हुन्छ भने सम्पादक मण्डल मा...
-
२०७७ आश्विन २, शुक्रबार
विद्युतीय मिनी बस सञ्चालनमा
काठमाडौँ – नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको हो । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।...
-
२०७७ आश्विन २, शुक्रबार
ललितपुरमा सडक शिलान्यासदेखि बिजनेस क्लिनिक शुरु
ललितपुर – ललितपुर महानगरपालिका वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड शिलान्यास गरिएको छ । भित्रिसडक निर्माण गर्ने योजनानुरुप तीन चरणअन्तर्गत २१ सडक निर्माण अघि बढाउने उद्देश्यका साथ महानगर प्रमुख चिरीबाबु महर्जनले यो सडक शिलान्यास गर्नुभएको हो । सो सडक खण्डको लम्बाई ३४० मिटर रहेको छ । एक्काइस वटै सडकको लम्बाई भने ८ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको...
-
२०७७ आश्विन १, बिहिबार
चन्द्रागिरि केबलकार आजदेखि चल्ने
काठमाडौँ – विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार असोज १ गतेदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य...
-
२०७७ भाद्र ३१, बुधबार
जागरुक युवा समाजले फुटपाथमा पसल विरुद्ध आवाज बुलन्द गरे
विजयरत्न असंबरे जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गएर संक्रमणको जोखिम समेत बढाएकोले फुटपाथ पसल हटाउन विशेष भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो । समाजको...
-
२०७७ भाद्र ३१, बुधबार
नेपाल लिपि गुथिका पूर्वअध्यक्षलाई मातृशोक
काठमाडौं – नेपाल लिपि गुथिका पूर्वअध्यक्ष माधव स्यस्यःलाई मातृशोक परेको छ । उनकी आमा सेतीमाया श्रेष्ठको आज बुधबार बिहान ११ बजे उहाँकै निवासमा निधन भयो । ८२ वर्षीय सेतीमाया श्रेष्ठको अन्तिम संस्कार अहिले सक्वमै हुन लागेको छ । दिवंगत श्रेष्ठका जहान गोविन्दप्रसाद श्रेष्ठ, एक छोरा माधव स्यस्यः, बुहारी सुधा श्रेष्ठ, पाँचजना छोरीका साथै एक नाति र एक नातिनी रहेका छन् ।


