STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असोज १० गते कीर्तिपुरमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानको विशेष कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ६, मंगलबार

ललेन्द्र शाक्य
'आजको आवश्यकता, आत्मनिर्भर सहितको समृद्धि' नाराका साथ राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालले कीर्तिपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियानकी कीर्तिपुर नगरपालिका संयोजक एवं कीर्तिपुरका क्रियाशील उद्यमी सविता महर्जनले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रम असोज १० गते शनिबार कीर्तिपुर नगरपालिका ३ वडा कुतिसा टोलस्थित श्रीपंचमी मानन्धर गुथिमा बिहान ११ः३० बजेदेखि २ बजेसम्म आयोजना हुने भएको छ । अभियानको परिचयात्मक कार्यक्रमको रुपमा हुनलागेको उक्त कार्यक्रममा सम्पूर्ण जनसमुदायलाई आमन्त्रित गर्नुहुँदै आयोजक संस्था अभियानकी कीर्तिपुर नगरपालिका संयोजक सविता महर्जनले परिचयात्मक कार्यक्रमका साथसाथै विभिन्न एजेण्डाका विषयसमा पनि छलफल हुने जानकारी दिनुभएको छ । संयोजक महर्जनले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रममा विभिन्न छलफलका एजेण्डा सार्वजनिक गरेको छ । जस्तो कि, १) कृषक परिचय कार्यक्रम अनुसार कीर्तिपुर नगरपालिका १ देखि १० वडा सम्म । २) कृषि उत्पादन सम्बन्धमा छलफल ३) कृषक तथा कृषि उत्पादन सम्बन्धमा छलफल । ४) कृषक तथा कृषि सम्बन्धमा समस्या तथा समाधान विषयमा छलफल । ५) वैज्ञानिक कृषि खेतीको पद्दति विषयमा छलफल । ६) कृषि तालिम विषयमा छलफल । ७) कृषि सामाग्री बिक्री वितरण विषयमा छलफल । ८) कृषि उत्पादन तथा बजार ब्यवस्थापन विषयमा छलफल । ९) कृषि यान्त्रिकरण विकास विषयमा छलफल । १०) कीर्तिपुर नगरपालिका, कृषि अनुदान सम्बन्धमा छलफल । ११) वित्तीय व्यवस्थापन तथा बैंकसंग कुराकानी विषयमा छलफल ।
Categorized in उपत्यका