STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टोखामा भूमिगत तार पड्कियो

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ७, बुधबार

काठमाडौं – काठमाडौंको टोखास्थित भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि साे स्थानमा बिजुली गएकाे छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातमै मर्मतका लागिए खटिएकाे थियाे । रातकाे झरीमा काम गर्दा पनि  बिग्रिएको ठाउँ पत्ता लगाउन सकेकाे छैन । गए राति लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।
Categorized in उपत्यका