STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंका ५३८ सहित उपत्यकामा थप ६७४ जनामा संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ५, सोमबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो।  यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् । नेपालमा सोमबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ६५ हजार २ सय ७६ रहेको छ ।  कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।  सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १ हजार ५ जना डिस्चार्ज भएका छन् ।  
Categorized in उपत्यका