STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ आषाढ ११, बिहिबार

    खरिपाटी क्वारेन्टिनबाट घर पठाइएकामा कोरोना पुष्टि

    काठमाडाैं - दुवईवाट आएर भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनमा बसेर घर पठाइएकाहरुमा कोरोना पुष्टि भएको छ । खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना पुष्टि भएको हो । दुवईवाट आएका १० जनाको स्वाव संकलन गरेर पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । क्वारेन्टिनमा बसेकै बेलामा स्वाव संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको भए पनि त्यसको रिपोर्ट आउन ढिला भएपछि घर फर्केका थिए । स्वावको...

  • २०७७ आषाढ १०, बुधबार

    काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय

    काठमाडौं - उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय भएकाे छ । गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र काटेर अनिवार्य हाेम क्वारेन्टाइनमा राख्न भनेकाे छ । काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र कोरोनाको लक्षण देखिए मात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो...

  • २०७७ आषाढ १०, बुधबार

    काठमाडौं महानगरपालिकाको बजेट १६ अर्ब ४२ करोड, कोभिड–१९ को रोकथाम र न्यूनीकरणमा प्राथमिकता

    काठमाडौँ, १० असार :  काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अुनमानित बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज यहाँ आयोजित नगरसभाको सातौं अधिवेशनमा सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि रु ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कूल बजेटको ५१ दशमलव ३४...

  • २०७७ आषाढ ९, मंगलबार

    चापागाउँदेखि टीकाभैरव राजकुलो सञ्चालनमा

    ललितपुर, ९ असार : गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनमा आएको छ । वाग्मती प्रदेश सरकारले चालु वर्षमा रु ४९ लाख बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको हो । विसं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै चापागाउँ फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । सो फाँटमा दुईतीन दिनभित्र...

  • २०७७ आषाढ ८, सोमबार

    चन्द्रागिरि नगरपालिका बजेट : ‘उत्पादन र रोजगार’ प्राथमिकतामा

    काठमाडाैं - चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग,...

  • २०७७ आषाढ ८, सोमबार

    भक्तपुरकाे न्यातापाेल (पाँचतले) मन्दिरको जन्मोत्सव वर्षबन्धन

    भक्तपुर, ८ असार - भक्तपुरकाे प्रसिद्ध न्यातापाेल पाँचतले मन्दिरकाे जन्माेत्सव वर्षबन्धन सम्पन्न गरिएकाे छ । नेपाल संवत् ८२२ अर्थात् ३१८ वर्ष अगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले भक्तपुरको टौमढीमा उक्त मन्दिर निर्माण गराएका थिए । मन्दिरको जन्मोत्सव वर्षबन्धनका अवसरमा सोमबार सेतो कपडामा रातो चन्द्र आकार भएको झण्डा फहराएर झन्डोत्तोलन पनि गरिएकाे छ ।  

  • २०७७ आषाढ ८, सोमबार

    कीर्तिपुरले कर नबढाउने

    काठमाडाैं - कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ । परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७÷०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श...

  • २०७७ आषाढ ८, सोमबार

    बजेट सक्न असारे विकास !

    काठमाडौँ, ८ असार : पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले पहिले संरचना निर्माण...

  • २०७७ आषाढ ७, आइतबार

    सूर्यविनायक नगरपालिकाकाे नीति तथा कार्यक्रम पारित

    भक्तपुर, ७ असार : सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरपालिकाको चालू सातौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । भोलि सोमबार आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्ने तयारी गरेको नगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमण रोकथाम र नगरको...

  • २०७७ आषाढ ७, आइतबार

    कामपाको नीति तथा कार्यक्रम स्वीकृत

    काठमाडौँ महानगपालिकाको आज सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । पाँच क्षेत्रमा नीति र त्यसअन्तर्गत विभिन्न शीर्षकमा कार्यनीति गरी २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममा...

  • २०७७ आषाढ ७, आइतबार

    गोदावरी मार्शल आर्टलाई खेल सामग्री सहयोग

    ललितपुर ७ असार - अठार वर्षअघि स्थापित गोदावरी मार्शल आर्टस एकेडेमी (गोदावरी डोजो) लाई खेलकूदका सामग्री प्राप्त भएको छ । गोदावरी नगरपालिका वडा नं ३ कार्यालयले यस वर्षको कार्यक्रमअन्तर्गत एकेडेमीलाई उक्त सामग्री सहयोग गरिएको हो । कार्यालयले शनिबार ५० कराते म्याट, चारचार थान पञ्जा र सिस गार्ड तथा दुई थान चेष्ट प्याड सहयोग गरेको एकेडेमीका अध्यक्ष चीन लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “...

  • २०७७ आषाढ ६, शनिबार

    डिल्लीबजार कारागारको जीर्ण भवन भत्कियो

    काठमाडाैं - डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवन भत्किएको छ । शुक्रबार राति करिब ९:३५ बजेतिर उक्त भवन भत्किएको हो । भीआईपी कैदीसहित ६१२ जना कैदी रहेको कारागार भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको थियाे ।  थुनुमा रहेका कोही पनि कैदीबन्दी भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । जीर्ण रुपमा रहेको भवन वर्षाको कारण भत्किएको जनाइएकाे छ ।...

Pages