STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाकाे खुकुलाे निषेधाज्ञा एक साता यथावत, भोलिदेखि जाेरबिजाेर प्रणाली लागु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि यातायातका साधन जाेर बिजाेर प्रणालीमा चल्ने भएकाे छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले खुकुलाे निषेधाज्ञाको समय भने एक साताका लागि लागू नै गरेको छ। निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्ने काठमाडौं जिल्ला प्रशासनले जनाएकाे छ । यसैगरी बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।  स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको पनि जनाइएकाे छ ।तर बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय यथावत छ। कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । 
Categorized in उपत्यका