STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पक्राउ परेका अभियन्ताहरुको रिहाइ माग्दै टोखामा जनप्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – रातो मछिन्द्रनाथ बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइको माग गर्दै टोखामा जनस्तरबाट स्वतःस्फूर्त प्रदर्शन गरिएको छ । टोखाका स्थानीयहरुले मंगलबार स्वतःस्फूर्तरुपमा निकालेको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका सम्पदा अभियन्ताहरुको रिहाइ माग गरिएका पम्प्लेटहरु प्रदर्शनमा राखेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिहाइ माग्दै विभिन्न स्थानमा स्वतःस्फूर्त रुपमा जनस्तरबाट दबाबमुलक प्रदर्शनहरु भसकेका छन् ।

तस्बिर सौजन्य : नेवाः म्हसीका फेसबुक

Categorized in उपत्यका