STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ससम्मान रिहाइ माग्दै न्हूघः (जैसीदेवल)का स्थानीय महिला समूह

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं– बुंगःद्यःजात्राको क्रममा भएको झडपमा समातिएका सांस्कृतिक अभियन्ताहरुको रिहाइको लागि काठमाडौंमा पनि जनस्तरबाट प्रदर्शन भएको छ । स्थानीय न्हूघः (जैसीदेवल) टोलस्थित झातपाःद्यः स्थानका महिला समूहले जनता थुनेर गरिने शासनको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले झडपका क्रममा समातिएकाहरुको अविलम्ब ससम्मान रिहाइ हुनुपर्न जस्ता मागसहितका पम्प्लेट बोकेका थिए । यसअघि हिरासतमा रहेकाहरुको रिकाइको माग गर्दै आज बिहान पाटन दरबार स्क्वायरमा पनि प्रदर्शन भएको थियो भने यसअघि जनस्तरबाट उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइसकेका छन् ।

तस्बिर सौजन्य : कुमार रंजित फेसबुक

Categorized in उपत्यका