STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निषेधाज्ञाबारे निर्णय लिन भर्चुअल संवाद

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – उपत्यकामा चौथोपटक निषेधाज्ञा थप्ने या नथप्ने विषयमा छलफल भइरहेको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै उपत्यकामा तेस्रोपटकको लागि निषेधाज्ञा थप गरिएको हो । तेस्रोपटक थपिएको निषेधाज्ञाको समयावधि भोलि बुधबार मध्यरातमा सकिँदैछ । उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रमुख अधिकारीहरु यसै विषयमा छलफल गर्न भर्चुअल संवादमा बसिरहेका छन् । निषेधाज्ञा जारी भए पनि उपत्यकामा संक्रमण नियन्त्रणमा आउन सकेको छैन । त्यसैले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु पूर्ण रुपमा खुल्ला गर्न नहुने अडानमा छन् । फेरि यही निषेधाज्ञालाई निरन्तरता दिइएमा जनस्तरबाट विरोध हुनसक्ने अनुमान पनि उनीहरुले लगाएका छन् । गृहमन्त्रालयले निषेधाज्ञा खुकुलो पर्नेअनुरुप खाका तयार गर्न भनेको छ । आजको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेसँग यस विषयमा छलफलपछि मात्र निर्णय हुने स्रोतले जनाएको छ । काठमाडौंका जिल्ला अधिकारी जनकराज दाहालले जनाएअनुसार बुधबारमात्र निषेधाज्ञाबारे निर्णय हुनेछ ।
Categorized in उपत्यका