STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ जेठ २६, सोमबार

    आमा घरलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको सहयोग

    विजयरत्न असंबरे विश्वभर छरिएर विभिन्न यद्यममा लागिरहेका नेवार हरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा आमा घरलाई सहयोग प्रदान गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएकोआमा घरलाई समस्या भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट यसरी सहयोग गरिएको हो । अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट...

  • २०७७ जेठ २६, सोमबार

    विकास प्राधिकरण खारेज हुनुपर्छ : उपत्यकाका मेयरहरु

    काठमाडौं - उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्नु अघि फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु...

  • २०७७ जेठ २५, आइतबार

    काठमाडौंका सम्पर्ण तार भूमिगत गरिने

    काठमाडौं - अब काठमाडौं जिल्लाको सम्पर्ण शहरी भू-भाग समेटिने गरी तार भूमिगत गरिने भएको छ । हाल दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहे पनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइँदैछ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत गर्न भारतको एक कम्पनीलाई ठेक्का दिने आशयको सूचना...

  • २०७७ जेठ २४, शनिबार

    काठमाडौंको ह्याम्समा दुईजना कोरोना संक्रमितकाे उपचार शुरु

    काठमाडौं - काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको छ। अस्पतालले कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेको अस्पतालले जनाएकाे छ। अहिले अस्पतालमा कास्कीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ। गुल्मी चद्रकोटका ७७ वर्षीय एक पुरूष पिसाब पोल्ने उपचारका लागि मंगलबार ह्याम्स अस्पताल आएका थिए। पिसाबको चेकजाँच पछि बाहिरबाट आएकाले कोरोना परीक्षणका...

  • २०७७ जेठ २३, शुक्रबार

    कर तिर्ने म्याद बढाउन युवा उद्यमीहरुको आह्वान

    विजयरत्न असंबरे देशव्यापि जारी रहेको लकडाउनको अवधि झनझन थपिंदै गए पछी देश अार्थिक मन्दीतिर लाग्ने सम्भावना बढ्दै गएकोले यसलाई दृष्टिगत गरी सरकारले उद्योगी र आम ब्यापारीहरुका लागि राहतको प्याकेजकाे माग गर्दै सरकारले जारी गरेको कर तिर्ने म्याद ३ महिना दिनु पर्छ भन्दै माग राखी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । ललितपुरको मंगलबजार स्थित मंगः हिति परिसरमा आज शुक्रबार दिउँसो सम्पन्न सो सचेतना...

  • २०७७ जेठ २३, शुक्रबार

    ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा

    काठमाडौं – नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन आज ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)लाई ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको छ । लकडाउनको समय धार्मिक परम्पराले निरन्तरता नपाइरहेको अवस्थामा शुक्रबार ललितपुरको मंगलबजार दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखियो । सिंहासन र पौभाको प्रदर्शनसँगै...

  • २०७७ जेठ २३, शुक्रबार

    यी हुन् उपत्यकाका होल्डिङ सेन्टर जहाँ विदेशबाट आएकालाई राखिन्छ

    काठमाडाैं - विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक/एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ । एक अधिकृतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५, भक्तपुरमा प्रदेश नं. १ र २ र ललितपुरमा कर्ओणाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ । काठमाडौंमा होल्डिङ सेन्टरका...

  • २०७७ जेठ २१, बुधबार

    संक्रमित पुष्टि एकजना भक्तपुर चाँगुकी गर्भवती महिला

    काठमाडाैं - स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि गरेको नयाँ व्यक्ति गर्भवती भएको खुलेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल निवासी ३० वर्षीया गर्भवतीमा कोरोना भाइरस संक्रमण देखिएको हो। चिकित्सकले दिएको समयअनुसार बच्चा पाउने दिन नजिकिएपछि अप्रेसनको तयारी गर्न गरिएको कोरोना भाइरस परीक्षणमा पोजिटिभ आएको जनाइएकाे छ । ती महिलाको चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं...

  • २०७७ जेठ २१, बुधबार

    विदेशबाट फर्किएकालाई राख्न ललितपुर महानगरपालिकाले होल्डिङ सेन्टर खोल्ने

    काठमाडाैं - ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।   कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औंल्याउँदै सरकारले असार दोस्रो सातापछि अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ । विदेशबाट...

  • २०७७ जेठ २१, बुधबार

    काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द

    काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना र स्वास्थ्यकर्मी २ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को...

  • २०७७ जेठ २१, बुधबार

    मैतीदेवीका पसलहरु दिउँसो १ बजेसम्म खोल्ने सहमति

    काठमाडौं – व्यापारीहरुको विरोधपछि मैतीदेवका पसलहरु बिहीबारदेखि दिउँसो १ बजेसम्म खोल्न मौखिक रूपमा सहमति भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए । विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन् । दिउँसो १ बजेसम्म पसल खोल्ने दिने विषयमा कुनै लिखित सम्झौता भने नभएको जनाइएको छ ।

  • २०७७ जेठ २१, बुधबार

    बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खोल्ने व्यवसायीहरुकाे निर्णय

    काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने...

Pages