STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ भाद्र १३, शनिबार

    संक्रमण राेकथाममा भक्तपुरले थाल्याे तीव्र तयारी

    भक्तपुर – जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने...

  • २०७७ भाद्र १३, शनिबार

    पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

    काठमाडौं – कोरोना संक्रमणकाे उपचार गराइरहेका उपत्यकाका २ जनाकाे पाटन अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडाैंकी एक महिला र भक्तपुरकी एक महिला रहेका छन् । मृत्यु भएकामध्ये काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान मृत्यु...

  • २०७७ भाद्र १२, शुक्रबार

    मध्यपुर थिमिमा कोरोना संक्रमितको मृत्युपछि अस्पताल बन्द

    भक्तपुर – कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने...

  • २०७७ भाद्र १२, शुक्रबार

    उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेड निर्माणको तयारी

    विजयरत्न असंबरे – उपत्यकामा संघीय सरकार र स्थानीय तहले एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदाय स्तर मै कोभिड—१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको हो भने उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग...

  • २०७७ भाद्र १२, शुक्रबार

    उपत्यकामा संक्रमित बढ्दाे, एकैदिन ४१५ मा संक्रमण, देशभर ९२७ जना नयाँ संक्रमित पुष्टि

    काठमाडौं – उपत्यकामा काेराेना संक्रमण भयावह देखिन थालेकाे छ । केही दिनअघिसम्म सयकाे संख्यामा देखिरहेका संक्रमितकाे संख्या आजकाे दिनसम्म आइपुग्दा एकैदिन ४१५ जनामा संक्रमण देखिएकाे छ । यसैगरी पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • २०७७ भाद्र १२, शुक्रबार

    मन्त्री र मेयरद्वारा रानीपोखरी पुनर्निर्माणको अनुगमन

    विजयरत्न असंबरे रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज शुक्रबार रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुनर्निर्माणको काम शत प्रतिशत र मन्दिर तथा...

  • २०७७ भाद्र ११, बिहिबार

    ‘सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी’

    काठमाडौँ – संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले...

  • २०७७ भाद्र ११, बिहिबार

    ललितपुरकी एक वृद्धाकाे काेराेनाबाट पाटन अस्पतालमा मृत्यु

    ललितपुर –  ललितपुर निवासी एकजना ६५ वर्षीया महिलाकाे कोरोना संक्रमितबाट पाटन अस्पतालमा मृत्यु भएको छ। आईसीयुमा उपचाररत उनकाे बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएकाे  छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ।

  • २०७७ भाद्र ११, बिहिबार

    काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत सम्पन्न

    काठमाडौँ – काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ । विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरुपमा काम गरिरहेका छन् । अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए...

  • २०७७ भाद्र ११, बिहिबार

    उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

    काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न परामर्शदाता...

  • २०७७ भाद्र ११, बिहिबार

    उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई

    काठमाडौँ – काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ । बुधबार दिउँसो उपत्यकाका मुख्यनाकाहरु नागढुङ्गार साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ । नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यस बाहेक...

  • २०७७ भाद्र १०, बुधबार

    आजको कागेश्वरी मेला स्थगित

    काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगन गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गई गत हप्तादेखि लागू गरिएको निषेधाज्ञाका कारण मेला स्थगन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनी सिम्खडाले जानकारी दिनुभयो । कागेश्वरी महादेव मन्दिरमा...

Pages