उपत्यका
-
२०७७ श्रावण ३१, शनिबार
नेपाल कोरिया अस्पतालका कर्मचारीमा संक्रमण • आईसीयू, ओपीडी सेवा बन्द
काठमाडाैं – नेपाल कोरिया मैत्री अस्पतालका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसीयू, ओपीडी लगायत सेवा बन्द भएका छन् । मध्यपुर थिमिकाे साे अस्पतालमा कार्यरत नर्स र कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनले तत्कालकाे लागि अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको हो । संक्रमित चारै जनालाई अस्पतालमै आइसोलेसन गरेको जनाएको छ ।...
-
२०७७ श्रावण ३१, शनिबार
सानेपामा विपन्नका लागि ‘अक्सिजन बैंक’
काठमाडौँ – आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक...
-
२०७७ श्रावण ३०, शुक्रबार
ईन्द्रचोकदेखि जुद्धशालिकसम्मका पसलहरु एक साता बन्द हुने
काठमाडौं – काठमाडौं महानगरपालिका २४ वडाले काठमाडौंको जुद्धशालिकदेखि ईन्द्रचोकसम्मका पसलहरु एक हप्ताको लागि बन्द गर्न अनुरोध गरेको छ । कामपा २४ वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बिहीबार एक सुचना प्रकाशित गरी सो क्षेत्रमा एक साताको लागि पसलहरु बन्द गर्न अनुरोध गरेका छन् । सो क्षेत्रमा कोरोना संक्रमित भेटिएकाले जोखिम नियन्त्रणको लागि पसलहरु बन्द गर्न अनुरोध गरिएको वडाध्यक्ष श्रेष्ठले जनाएका छन् । सो...
-
२०७७ श्रावण ३०, शुक्रबार
जोखिम नियन्त्रणको लागि कीर्तिपुरका पसलहरु बन्द गरियाे
काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुरभित्रका व्यापार, व्यवसाय पनि बन्द भएका छन् । कीर्तिपुर नगरपालिकाया पदाधिकारी, जनप्रतिनिधि एवं सुरक्षा निकायद्वारा बिहीबार संयुक्त रुपमा बजारको अनुगमन गरी खोलिएका रेष्टुरेन्ट, चियापसल एवं ठूला किरानापसलहरु बन्द गराएका थिए । कीर्तिपुर अस्पलतामा कोरोना भाइरसबाट संक्रमित भेटिएपछि व्यवसायहरु बन्द गर्न लगाएका हुन् । संक्रमण नियन्त्रणको लागि...
-
२०७७ श्रावण ३०, शुक्रबार
विष्णुमती किनारमा बनिरहेकाे फिल्टर प्लान्टकाे सूचना माग्दै स्थानीयवासी
काठमाडौँ – राजधानीको मध्यभागमा रहेको विष्णुमती किनारमा उपभोक्ता समितिमार्फत निर्माण भइरहेको ‘फिल्टर प्लान्ट’ आयोजनाले सूचना पाटी नराखेपछि स्थानीयवासी सूचना माग्न सम्बन्धित कार्यालय पुगेका छन् । राजधानीको मुटुमै अपारदर्शीरुपमा योजना सञ्चालन भइरहेको र त्यससम्बन्धी जानकारी स्थानीयवासी एवं वडा कार्यालयलाई समेत नभएको समाचार राससमार्फत यही साउन २१ गते सार्वजनिक भएको थियो । काठमाडौँ महानगरपालिका–१९...
-
२०७७ श्रावण ३०, शुक्रबार
शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा संक्रमण
काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ। संक्रमण बढेसँगै अस्पतालकाे इमर्जेन्सी वार्ड सिल गरिएकाे छ । गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा...
-
२०७७ श्रावण ३०, शुक्रबार
बिरामीको सही जानकारी नदिँदा निदान अस्पतालबाट यसरी फैलियो कोरोना भाइरस
ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले बिरामीको सही जानकारी नदिँदा कोरोना भाइरसको संक्रमण फैलाएको गम्भीर आरोप खेप्न पुगेको छ । बिरामीबारे जानकारी दिँदा अस्पतालमा अन्य बिरामी नआउने भय हुने भन्दै प्रशासनले चलाखी गर्न खोज्दा त्यहाँका तीन जना स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । निदानमा पाँच जनामा संक्रमण भएको स्रोतले बताएको छ । अहिले निदानमा तीन जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । घटना...
-
२०७७ श्रावण ३०, शुक्रबार
भदाै १५ सम्म उपत्यकामा कडिकडाउ • विभिन्न निषेधाज्ञा जारी
काठमाडौँ – कोराेना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडिकडाउ गर्नुका साथै विभिन्न प्रकारका निषेधाज्ञा जारी भएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले उपत्यकामा तीनै जिल्लामा तीन दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । अर्को निर्णय नभएसम्मका लागि उपत्यकामा खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा र जुलुस गर्न...
-
२०७७ श्रावण २९, बिहिबार
कुशेऔंशीमा गोकर्णेश्वर मन्दिर नखुल्ने
काठमाडौँ – भाद्रकृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित पितृतीर्थ धामका नामले चिनिने गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने बाबुको मुख हेर्ने मेला यस वर्ष नहुने भएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन अगामी भदौ ३ गते बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष...
-
२०७७ श्रावण २९, बिहिबार
काठमाडौंको कुलेश्वर र बल्खु सिल गर्ने तयारीमा
काठमाडौं – काठमाडौंमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । विशेषगरी बाहिरी जिल्लाबाट काठमाडौं भित्रिनेहरुबाट कोरोना संक्रमण बढिरहेको छ । काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वर, बल्खु इलाकामा फलफूल व्यापार गर्ने व्यापारीहरुमा कोरोना संक्रमण बढेसँगै सो इलाका सिल गर्न लागिएको थाहा हुन आएको छ । कुलेश्वर इलाकामा बुधबार एकै दिन २९ जना कोरोना संक्रमित भेटिएका थिए । यसैगरी बिहीबार सो...
-
२०७७ श्रावण २९, बिहिबार
काठमाडाैं उपत्यका आवतजावत पूर्णरुपमा बन्द
काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणकाे जोखिम बढ्न थालेपछि उपत्यका आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेद्वरा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौं...
-
२०७७ श्रावण २८, बुधबार
किस्ट अस्पतालमा मृत्यु भएकी टेकुकी महिलामा कोरोना पुष्टि
काठमाडौं – मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । झाडा, बान्ता र ज्वरोबाट ग्रसित ७८ वर्षीया ती वृद्धा उपचारको लागि अस्पतालहरु चहार्दा चहार्दै कतै भर्ना हुन नसकेर पछि किस्टमा भर्ना भएका थिए । उनको मंगलबार राति आईसीयुमा राखी उपचार हुँदै गर्दा सवा एकबजे मृत्यु भएको हो । मृत्युपछि गरिएको कोरोना परीक्षणमा बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ...


