STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ बैशाख ५, शुक्रबार

    नागरिक दैनिकको समाचारप्रति खेद प्रकट

    काठमाडौं– नागरिक दैनिक र नागरिक अनलाइनमा प्रकाशित ‘गर्भवती डेरा निकाला’ समाचारप्रति कीर्तिपुरको तःननि दाफा खलःले ध्यानाकर्षण जनाएको छ । शुक्रबार उक्त खलःले एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरको मानमर्दन गर्ने, जातीय द्वन्द्व बढाउन सहयोग गर्ने तथा पत्रकारिताको आचारसंहिताविपरीत आएको नागरिक दैनिक र अनलाइनको उक्त समाचारप्रति खेद प्रकट गरेको छ । चैत ११ गतेदेखि नेपाल सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी...

  • २०७७ बैशाख ४, बिहिबार

    ‘कीर्तिपुरमा राहतको लागि संघ तथा प्रदेशबाट सहयोग आएन’

    कीर्तिपुर – कीर्तिपुर नगरपालिकाका उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले राहत वितरण गर्नको लागि संघीय सरकार र प्रदेश सरकारबाट कुनै राहत सामग्री सहयोग नआएको जानकारी दिएका छन् । कीर्तिपुर नगरपालिकाले आफ्नै कोष गठन गरी तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण भइरहेको जानकारी पनि दिएका छन् । कीर्तिपुर नगरपालिकाले प्रत्येक वडाबाट विपन्न तथा मजदुरवर्गको लागि राहत वितरण गरिरहेको छ । उपमेयर रिजाल...

  • २०७७ बैशाख २, मंगलबार

    कीर्तिपुर नगरपालिकाको आकस्मिक कोष गठन

    ललेन्द्र शाक्य कीर्तिपुर– कोरोना भाइरस कोभिड–१९ महामारीको समय संसार नै त्रासमा परी महामारीको भयावह परिस्थितिसँग संघर्ष गरिरहेको छ भने यस संघर्षमा नेपाल पनि परेको छ । यही भाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभरि लकडाउन घोषणा गरेको छ भने विभिन्न क्षेत्रमा राहत वितरणको कार्यक्रम पनि संचालन गरेको छ । यसैक्रममा कीर्तिपुर नगरपालिकाले पनि नगरबासीलाई राहत वितरण थालेको छ । कीर्तिपुर नगरपालिकाका...

  • २०७७ बैशाख २, मंगलबार

    विराट गुथिको ई–साहित्य वाचन

    विजयरत्न असंबरे काठमाडौं– विराट नेपालभाषा साहित्य सम्मेलन गुथि, भक्तपुरको आयोजनामा सोमबार वैशाख १ गते ‘विराट ई–साहित्य वाचन’ सम्पन्न भयो । विश्वमा महामारीको रुप लिई फैलिरहेको कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन जारी लकडाउनको समय zoom cloud meeting नामक एप्स् प्रयोग गरी कार्यक्रम सञ्चालन गरिएको थियो । गुथिका पूर्वअध्यक्ष एवं सल्लाहकार त्रिरत्न शाक्यले आफ्नो कविता वाचन गरी कार्यक्रमको उद्घाटन...

  • २०७७ बैशाख १, सोमबार

    स्थानीय निकाय र सुरक्षा प्रशासन कमजोर रहेको कीर्तिपुरबासीको आरोप

    ललेन्द्र शाक्य कीर्तिपुर– कोहलपुरबाट कीर्तिपुर बस्न आएका गर्भवती महिला र उनको श्रीमान्को ‘पावर’ र अहंको कारण कीर्तिपुरमा तनाव उत्पन्न भएपछि स्थानीय निकाय र प्रशासन कमजोर रहेको स्थानीयले आरोप लगाएका छन् । कोरोना भाइरस संक्रमण आशंकित ती दम्पत्ति ८ दिनअघि कोहलपुरबाट कीर्तिपुर आइपुगेका थिए । यता आएर क्वारेन्टाइनमा नबसेकाले स्थानीयले त्यसको विरोध गरेपछि यसले तनावको स्थिति ल्याएको थियो । कीर्तिपुरका...

  • २०७६ चैत्र ३०, आइतबार

    कीर्तिपुरका भाषासेवी प्रधान रहेनन्

    कीर्तिपुर– कीर्तिपुरका नेपालभाषा सेवी एवं स्वास्थ्यकर्मी ईश्वरमान प्रधानको चैत २९ गते शनिबार निधन भएको छ । लाय्‌कू टोलमा बस्दै आएका प्रधान त्रिभुवन विश्वविद्यालयबाट सिअहेबको पढाइ सकाएर परोपकार स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो । उनी त्रिशुली हाइड्रो पावरका जागिरे पनि थिए । जागिरे जीवनमा उनी त्रिशुलीमै बस्ने गर्दथ्यो । त्रिशुलीको बसाइँमा पनि प्रधानले आफ्नो मातृभाषा नेपालभाषाप्रतिको लगावको कारण...

  • २०७६ चैत्र ३०, आइतबार

    कीर्तिपुर २ वडामा राहत वितरण

    ललेन्द्र शाक्य कीर्तिपुर – कोरोना भाइरस संक्रमण रोकथामको लागि लागू गरिएको लकडाउनको समय वडाबासीलाई खाद्यान्न अभाव हुन नदिन कीर्तिपुर नगरपालिका २ वडाले राहत वितरण गरेको छ । शनिबार (चैत २९ गते) मैत्री नगरमा बहालमा बस्ने तथा विपन्न वर्गको लागि राहत वितरण गरिएको थियो । मैत्री नगरमा करिब ३३० घरपरिवारलाई राहत वितरण गरिएको जानकारी २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा पर्यटन विभाग प्रमुख...

  • २०७६ चैत्र ३०, आइतबार

    भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु

    भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षणशुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको ¥यापिड किट (¥यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो । भक्तपुर अस्पतालमा ¥यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला...

  • २०७६ चैत्र ३०, आइतबार

    कामपा १५ वडामा राहत वितरण

    काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं १५ मा असहाय, विपन्न, दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई आइतबार (चैत ३० गते) राहत वितरण गरिएको छ । नेपाली सेना श्रीमती संघ तथा समाजसेवीहरुबाट खाद्यान्न, तरकारी, मरमसला, गेडागुडी राहत वितरण गरिएको थियो । प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, १५ वडा अध्यक्ष एवं कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन, स्वयंसेवकहरु,...

  • २०७६ चैत्र २९, शनिबार

    नयाँ मानिस देख्दैमा त्रसित हुनुपर्दैन : कीर्तिपुर मेयर

    ललेन्द्र शाक्य कीर्तिपुर– चार दिनअघि कीर्तिपुर ३ वडा नाय्टोलमा नुवाकोटबाट आएका तीनजना एउटै घरमा बसिरहेको जानकारी स्थानीयले पाए । यो खबर पाउनेवित्तिकै स्थानीय, ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जन र वडासदस्यहरु पुगी उनीहरु बसेको घरमा तालाबन्दी गरिदिए । कीर्तिपुरमा नयाँ मानिस देखिनु र यसले स्थानीयमा त्रास फैलिरहेको विषयमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आफ्ना भनाइ राखेका छन् । मेयर...

  • २०७६ चैत्र २९, शनिबार

    एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार

    कोरोना भाईरसका कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ । यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोल काठमाण्डू निवासी जेन शाहिको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत मिति २९ चैत्रमा रगत संकलन गरिएको छ...

  • २०७६ चैत्र २९, शनिबार

    लकडाउनः तर झोरमा रक्तदान

    टोखा नगरपालिका झोरको पब्लिक इङलिस बोदिङ स्कुलमा ब्लड डोनर्स एशोसिएसन नेपाल ( ब्लोदान ) को आह्वानमा आज जम्मा ३६ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा सहभागीमा झोर नगरपालिकाका अध्यक्ष, का .म.पा.२४ वडाका सदस्य एवं ब्लोदानका केन्द्रीय सदस्य बिनोद तुलाधर, ब्लोदान काठमाडौं जिल्लाक इन्चार्ज,काठमाडौं जिल्लाका सचिब एवं काठमाडौं जिल्ला रक्तदान कार्यक्रम संयोजक अनिल रत्न तुलाधरज्यु, ब्लोदान...

Pages