उपत्यका
-
२०७७ श्रावण २६, सोमबार
सरकारकै समर्थनमा भए पनि जुलुस निषेध गरौँ – उपत्यका नगरपालिका फोरम
विजयरत्न असंबरे – उपत्यका नगरपालिका फोरमको आज बसेको बैठकले उपत्यकामा समुदाय स्तरमा कोभिड—१९ को संक्रमण जान सक्ने जोखिमलाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्याली, भेला, अनसन, जुलुुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन पनि सरकार लाइ अनुरोध गरेको छ । आर्थिक गतिविधिलाई चलायमान गर्नका लागि लकडाउन खुकुलो बनाइएको र...
-
२०७७ श्रावण २६, सोमबार
भक्तपुरमा राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु
भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता सुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । सरकारले जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत ७७ जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेर यस आर्थिक वर्षमा करिब एक करोड...
-
२०७७ श्रावण २६, सोमबार
भाटभटेनीले उपभोक्ता ठगिरहेको प्रतिवेदन सार्वजनिक
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण जडान गरिएका भाटभटेनीबाट उपभोक्ता निरन्तर ठगिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । गतचैत ११ गते कोरोना...
-
२०७७ श्रावण २६, सोमबार
कामपा २१ र १२ वडाभित्रका अत्यावश्यकबाहेक अन्य पसलहरु बन्द हुने
काठमाडौं– काठमाडौं महानगरपालिका २१ र १२ वडामा अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द हुने भएका छन् । कोरोना संक्रमण बढन नदिन र स्थितिलाई भयावह हुन नदिन साउन २६ गते बसेको २१ र १२ वडा समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकले २१ र १२ वडाभित्रका अत्यावश्यकबाहेकका अन्य पसलहरु जस्तै मदिरा, भट्टि, तयारी पोशाक, जुत्ता, कलकारखानाहरु बन्द गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । बैठकले खाद्यान्न पसलहरु...
-
२०७७ श्रावण २६, सोमबार
कोरोनाबाट किष्ट अस्पतालमा एकजनाकाे मृत्यु
काठमाडौँ – कोरोना संक्रमणका कारण ललितपुरको किष्ट अस्पतालमा एकजनाकाे मृत्यु भएकाे छ । ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको हो। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी दिए । उनी भेन्टिलेटरमा उपचाररत थिइन् । निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी उनलाई शंका लागेर कोरोना परीक्षणका लागि...
-
२०७७ श्रावण २६, सोमबार
इन्द्रजात्राको साइत सार्वजनिक
काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश...
-
२०७७ श्रावण २५, आइतबार
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका
काठमाडौँ – तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले...
-
२०७७ श्रावण २५, आइतबार
कीर्तिपुर नगरपालिकाको वडाहरु अवलोकन गर्दै नगरप्रमुख महर्जन
विजयरत्न असंबरे शनिबार विदाको दिन भए पनि कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो । कीर्तिपुर नगरपालिका वडा नंं ७ पूरै अवलोकन गर्नु हुँदै सञ्चालन भैरहेको योजनाको जानकारी लिनु भयो भने सम्बन्धित स्थानमै बसेर आवश्यकतानुसार नयाँ योजना बनाउन थाल्नुभयो । नगर प्रमुख महर्जनले भाजंगल (नगाउँबासीहरूको मसानको माथितिर) हालै स्थापना गरेको...
-
२०७७ श्रावण २४, शनिबार
काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल
काठमाडौं – काठमाडाैंकाे हाडिगाउँ क्षेत्र सिल गरिएकाे छ । पुरानाे नेवार बस्ती हाडिगाउँकाे काेताल क्षेत्रमा ८ जना काेराेना संक्रमित भेटिएपछि साे क्षेत्र सिल गरिएकाे जनाइएकाे छ । काठमाडाैं महानगरपालिका ५ वडामा पर्ने साे टाेलमा नेपाल प्रहरीका संक्रमितका परिवार रहेका छन् । संक्रमितकै कारण स्थानीय घरधनीहरुमा पनि संक्रमण देखिएकाे जनाइएकाे छ ।
-
२०७७ श्रावण २४, शनिबार
कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको व्यवस्था
विजयरत्न असंबरे • कीर्तिपुर नगरपालिका भवनमा मातृशिशुको स्वास्थ्य सुरक्षाको ध्यानमा राखेर स्तनपान कक्ष स्थापना गरेको छ । विश्व स्तनपान दिवसको उपलक्ष्यमा कीर्तिपुर नगरपालिका भवनमा शुक्रवार आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो कक्षको उद्घाटन गर्नुभएको हो । विश्व स्तनपान सप्ताह यस वर्ष २०७७ साउन १७ गते देखि २३ गते (१–७ अगस्ट २०२०) सम्म विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ...
-
२०७७ श्रावण २४, शनिबार
पीसीआर भनेको औषधी होइन : कामनपा मेयर शाक्य
विजयरत्न असंबरे • कोरोना संक्रमण बढिरहेको याे अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसकिने कुरा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै उहाँले यस्ताे बताउनु भएको हाे । अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि...
-
२०७७ श्रावण २४, शनिबार
कोरोनाले पारेको प्रभावबारे ललितपुरमा बृहत चिन्तन्
विजयरत्न असंबरे• विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोनाले काठमाण्डौं उपत्यकामा पारेको प्रभावबारे ललिपुरको मङ्गलबजारमा आयोजित एक कार्यक्रममा बृहत चिन्तन मनन् गरिएको छ । नेवाः ग्वाहालि पुचः हःखाःको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता सामाजिक अभियन्ता एवं विकासविज्ञ अनिल चित्रकारले मानिसहरुले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम स्वरुप विभिन्न भाइरसको प्रकोप बढेको औंल्याउनु भएको थियो...


