उपत्यका
-
२०७७ श्रावण १७, शनिबार
नेपालभाषा का तीन कृतिको विमोचन
नेपालभाषा एकेदमिको आयोजनामा आज शनिबार नेवाः युट्युबको फेसबुक पेजको प्रत्यक्ष प्रशारणको माध्यमबाट तीन वटा विभिन्न पुस्तकहरू को विमोचन गरियो । आयाेजक संस्था नेपालभाषा एकेडेमीका संरक्षक समेत रहनु भएका वाङमय शताब्दि पुरुष अति विशिष्ट संस्कृतिविद् डा सत्यमोहन जोशी को प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि डा जोशीको निवास स्थानमा रहेको लोक साहित्य भवनमा सम्पन्न विमोचन कार्यक्रममा...
-
२०७७ श्रावण १६, शुक्रबार
पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
काठमाडौँ – पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासनका अनुसार उच्च रक्तचापको समस्या रहेको ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सास फेर्न गाह्रो भएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । आईसीयूमा राखेर उपचार...
-
२०७७ श्रावण १५, बिहिबार
अब कामपा सेवा एकै स्थानबाट
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो । सेवाग्राहीको समस्यालाई ध्यान दिँदै आगामी दिनमा एकै स्थानबाट सेवा प्रदान गर्न लागेको कामपाको भनाइ रहेको छ । यसअघि कामपाले एकै स्थानबाट सेवा प्रदान गर्न भवन नभेटेको जनाउँदै विभिन्न स्थानमा छरिएर सेवा दिएको थियो । आगामी दिनमा नेपाल...
-
२०७७ श्रावण १५, बिहिबार
राजधानीको शान्तिसुरक्षा केन्द्रकै मातहतमा रहने
काठमाडौँ • राजधानीको शान्तिसुरक्षा र व्यवस्थापन केन्द्र (नेपाल सरकार) मातहत नै रहने गरी प्रहरी समायोजनसम्बन्धी मस्यौदामा सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा उपत्यकाका ३ जिल्लाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन नेपाल सरकारले गर्ने गरी सहमति जुटेको हो ।...
-
२०७७ श्रावण १५, बिहिबार
कोरोनाको सङ्क्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । साउनका प्रत्येक दिन बिहान विगत वर्षमा भन्दा यसपटक भीड बढेको देखिएपछि कोरोनाको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो । कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले...
-
२०७७ श्रावण १५, बिहिबार
कीर्तिपुर नगरपालिकामा खाद्य सडक
विजयरत्न असंबरे • किर्तिपुर नगरपालिकाले आ.व.२०७७/०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणाको घोषणा गरेको थियो भने अहिले सोही अनुसार खाद्य सडक बनाउने काम कार्यान्वयनको शुभारम्भ गरेको छ । नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत किर्तिपुर नगरपालिकाले आज साउन १५ गते किर्तिपुर नगरपालिका वडा...
-
२०७७ श्रावण १५, बिहिबार
गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिको अनुरोध
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकाले यस वर्ष गाईजात्रा ननिकाल्न काठमाडौं महानगरपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । महानगरपालिकाको आज बसेको बोर्ड बैठकले गाईजात्रा ननिकाल्न अनुरोध गर्ने निर्णय गरेको महानगरपालिका पर्यटन तथा सम्पदा समितिका संयोजक एवं १८ वडाध्यक्ष न्हुच्छेकाजि महर्जनले जानकारी दिएका छन् । यसअघि ज्यापु महागुथि काठमाडौं महानगर समितिले भने गाईजात्रा निकाल्नै पर्नेहरु...
-
२०७७ श्रावण १५, बिहिबार
रातको समयमा काठमाडौं प्रवेशमा रोक
काठमाडौं – गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ। ठूलाे संख्यामा यात्रुहरुमा काेभिड–१९ पाेजेटिभ पाइएकाेले नाकाहरुकाे आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचकाे आवश्यक व्यवस्था हुन अर्काे आदेश नभएसङ्गम अत्यावश्यक र ढुवानीबाहेक अन्य आवागमन पूर्ण रुपमा बन्द गरिएकाे गृहले एक...
-
२०७७ श्रावण १५, बिहिबार
‘गाइजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’ : काठमाडौँ महानगरपालिकाको अपिल
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश...
-
२०७७ श्रावण १४, बुधबार
काठमाडौँमै पहिराको जोखिम, शङ्खरापुरको ८ घर उच्च जोखिममा
काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न...
-
२०७७ श्रावण १४, बुधबार
राजधानीमै सुध्रिएनन् स्थानीय तहका सडक
काठमाडौँ : जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणी रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको...
-
२०७७ श्रावण १३, मंगलबार
आज मीननाथको रथारोहण
विजयरत्न असंबरे ः वर्षेनी बछलाथ्व प्रतिपदा (वैशाख शुक्लपक्ष प्रतिपदा)बाट विश्वकैै सबैभन्दा लामो जात्राको रुपमा लिइएको रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा सुरु हुन्छ । तर यस वर्ष विश्वभरि फैलिएको कोरोना रोगको महामारी र यसको नियन्त्रणको लागि लगाइएको लकडाउनले अन्य जात्रा र पर्वसरह यस जात्रालाई असर पारेको कारण बल्ल यो जात्रा सुरु हुन लागेको छ । चार महिने लामो लकडाउनपछि साउन १० गते ललितपुरको...


