STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण १३, मंगलबार

    काठमाडौं महानगरका सबै विद्यालयमा अब संस्कृति र पहिचान सिकाउने पाठ्यक्रम राखिने

    विजयरत्न असंबरे - काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै नीजि र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगरपालिका...

  • २०७७ श्रावण १२, सोमबार

    महाबौद्धका ५ ब्यापारीमा संक्रमण • ३ वटा पसल सिल

    काठमाडाैं - काठमाडौंको व्यस्त बजार महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै  ३ वटा पसल सिल गरिएको छ । उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियाे । गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण...

  • २०७७ श्रावण १२, सोमबार

    काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने निश्चित

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकालाई अब नेपाल ट्रष्टसँग लिज भाडा सम्झौता गरी काठमाडौँ प्लाजामा सर्ने निश्चित भएको छ । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्स प्रा.लि.बीच भएको लिज भाडा सम्झौता २०७७ असार २ गते सकिएसँगै महानगरपालिकाले १० वर्षका लागि लिज भाडामा लिने सम्झौताका लागि अन्तिम तयारी गरेको थियो । तर, कन्सेप्ट डेभलपर्स प्रा.लि.का तर्फबाट सुनिलभक्त श्रेष्ठले लिज भाडा सम्झौता आफूले नै...

  • २०७७ श्रावण ११, आइतबार

    मतयाः पर्व स्थगन गर्न अनुरोध

    ललितपुर : गोदावरी नगरपालिकाले यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो । गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मतयाः, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान)...

  • २०७७ श्रावण ११, आइतबार

    काष्ठमण्डपमा धुरी राखियो, पुनःनिर्माण ७० प्रतिशत सम्पन्न

    काठमाडौँ -  ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजासम्पन्न...

  • २०७७ श्रावण ११, आइतबार

    विश्व नेवार बालप्रतिभा पुरस्कार सम्पन्न

    जनजातिखबर संवाददाता काठमाडौं – वल्र्ड नेवाः अर्गनाइजेशनको आयोजनामा भएको बालप्रतिभा प्रतियोगिताका विजयी बालबालिकाहरुको नाम घोषणा गरिएको छ । ग्लोबल नेवाः चिल्ड्रेन्स टेलेण्ट नाम दिइएकोे बालप्रतिभा खोज्ने प्रतियोगितामा ४९ विधा समावेश थियो । ६ वर्षमुनिका ६ वटा र ६ वर्षमाथिका ४३ विधा समाविष्ट प्रतियोगितामा एकजना सहभागीले एकभन्दा बढी विधामा आफ्नो प्रतिभा देखाउन सक्दथ्यो । यस विधामा सजगता मानन्धर,...

  • २०७७ श्रावण ११, आइतबार

    काठमाडाैं असनका २ जनामा काेराेना संक्रमण

    काठमाडौं । शुक्रवार कोरोना पुष्टि भएका काठमाडौंका १६ जना मध्य दुई जना काठमाडौंकै अति ब्यस्त र भिडभाड हुने क्षेत्र असनमा पसल गर्दै आएका महिला र पुरुष भएको खुलेको छ । उनीहरु असनका ब्यापारी हुन् । भारतवाट केही दिन अघि मात्र फर्किएका उनीहरुमा कोरोना पुष्टि भएको हो । भारतवाट आएपछि पनि सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई परिवारमा घुमिल भएर बसेका उनीहरुका परिवारका सदस्यलाई समेत कोरोनाको लक्षण...

  • २०७७ श्रावण ११, आइतबार

    साउनको दोस्रो सोमबार पनि पशुपति नखुल्ने

    काठमाडौँ : साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ । अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति...

  • २०७७ श्रावण १०, शनिबार

    सिंहदरबारको मुल गेटको स्वरुप फेरियो

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ गर्दा प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकिए पछि ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने...

  • २०७७ श्रावण १०, शनिबार

    रातो मच्छिन्दद्रनाथको रथारोहण सम्पन्न (तस्बिर सहित)

    ललितपुर : ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटदेखि १२ बजेर २५ मिनेटसम्म शुभ साइत रहेको ठहर गरेसँगै १२ बजेर ५२ मिनेटमा उहाँलाई आज पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो । लोकेश्वरलाई १२ बजेर २६ मिनेटमा तःबाहलको पार्टीबाट विधिका साथ झिकिएको...

  • २०७७ श्रावण १०, शनिबार

    धमाधम उद्यान निर्माण गर्दै कामपा

    काठमाडौँ महानगरपालिकाको वडा ३ मा पर्यावरण उद्यान (पार्क)को शिलान्यास भएको छ । विसं २०५५ मा गुरुयोजना बनाएर उद्यान निर्माण गर्ने लक्ष्य भए पनि हालसम्म कार्यन्वयन हुनसकेको थिएन । बहुवार्षिक योजनामा राखेर चालू आर्थिक वर्षका लागि महानगरले रु एक करोड ५० लाख छुट्याएपछि काम अघि बढेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आज सो उद्यानको शिलान्यास गर्दै बजेट नपुगेर योजना अलपत्र हुने अवस्था...

  • २०७७ श्रावण ९, शुक्रबार

    नेपालभाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन हुने

    काठमाडौं – नेपालभाषाका साहित्यको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेवाः हलिं गुथिले आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालभाषामा लेखिएका साहित्यिक रचनाहरुको अन्तर्राष्ट्रिय भाषाबाट पाठ हुने भएको छ । यही भदौ १ गते सोमवाः साँझको ६ बजे सो सम्मेलन हुन गइरहेको गुथिले जानकारी दिएको छ । साहित्य सम्मेलनमा पाठ भएका रचनाका साहित्यकारहरुलाई ई–प्रमाणपत्र पनि दिइने भएको छ भने पाठ भएका रचनाहरुको संकलन गरी...

Pages