STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ फाल्गुण २७, मंगलबार

    कोरोनाभाइरसको त्रासले थँबहिलको चकंद्यः जात्रा प्रभावित

    काठमाडौं– वर्षेनी होलिपूर्णिमाको भोलिपल्ट मनाइने चकंद्यः जात्रा (सिंहसार्थबाहुको जात्रा) यस वर्ष कोरोनाभाइरसको त्रासको कारण प्रभावित बन्न पुगेको छ । काठमाडौंको थँबहिल टोलमा हुने यस जात्राको क्रममा चकंद्यःलाई माथिल्लो टोलको परिक्रमा गराइने चलन छ । तर यस वर्ष कोरोनाभाइरसको त्रासको कारण चकंद्यःको माथिल्लो टोलको परिक्रमा हुन सकेन । विश्वभरि फैलिरहेको कोरोनोभाइरसलाई लिएर नेपालमा पनि सतर्कता अपनाइएको छ...

  • २०७६ फाल्गुण २५, आइतबार

    नेवार एकांकी नाटक प्रतियोगिताबारे छलफल कार्यक्रम

    काठमाडौं– नेपालभाषा साहित्य क्षेत्रमा आजभोलि नाटक लेखन तथा मञ्चन नभइरहेको अवस्थामा नेपालभाषा एकेदमिले नेवार एकांकी नाटक प्रतियोगिता आयोजना गर्न लागेको छ । यस प्रतियोगिताको लागि नाटक विधामा अग्रसर नाटककार, लेखकहरुसँग शुक्रबार (फागुन २३ गते) काठमाडौंको ओमबहालस्थित आलुपालु रष्टुरेन्टमा एउटा छलफल कार्यक्रम गरियो । नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठको सभापतित्वमा भएको छलफल...

  • २०७६ फाल्गुण २५, आइतबार

    राजोपाध्याय समाजको छैटौं साधारणसभा सम्पन्न

    काठमाडांै– काठमाडौंका राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको छैटौं साधारणसभा एक सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ । लामो समयदेखि धर्म, संस्कृति, परम्पराको अध्ययन एवं अनुसन्धानमा योगदान दिनुहुने संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो । यसैगरी देश तथा विदेशमा समेत राजोपाध्यायहरुको नाम राख्न सफल बास्केटबलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्यायलाई पनि...

  • २०७६ फाल्गुण २५, आइतबार

    भक्तराज रञ्जितको आत्मवृत्तान्त प्रकाशित

    काठमाडौं– साहित्यकार भक्तराज रञ्जितको आत्मवृत्तान्त पुस्तक ‘उक्लिएको मान्छे’ सार्वज्निक भएको छ । वरिष्ठ पत्रकारद्वय भैरव रिसाल, टंक पन्त, समाजसेवी रामकृष्ण आचार्य, घोष्ट राइटिङका डाइरेक्टर सिर्जना ढकाल, पत्रकार कुमार रञ्जित, अमिरमैयाँ रञ्जित, दिपक रञ्जित, भीमकुमारी रञ्जित र कृतिकार भक्तराज रञ्जित स्वयंले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । गोरखापत्र संस्थानलाई लक्ष्मी र सरस्वतीको रुपमा...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    ‘कोरोना त्रास हटे कीर्तिपुर महोत्सव सुचारु’

    कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आउँदो वैशाख १६ देखि २० गते हुन गइरहेको कीर्तिपुर नगर महोत्सव २०२० को तयारी गरिरहन स्थानीय कलाकारहरुमा आह्वान गरेका छन् । विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा समेत सतर्कता अपनाएर भीडभाडको कार्यक्रम नगर्न सरकारी आदेश आइसकेको अवस्थामा हुनगइरहेको कीर्तिपुर महोत्सवको सम्बन्धमा भएको एक सम्मेलनमा कीर्तिपुरका मेयरले उक्त आह्वान गरेका हुन् ।...

  • २०७६ फाल्गुण २२, बिहिबार

    नेवार एकांकी नाटक प्रतियोगिता हुने

    काठमाडौं– नेपालभाषा साहित्यको सम्बद्र्धन र विकासमा लागिरहेको प्राज्ञिक संस्था नेपालभाषा एकदेमिले नेवार एकांकी नाटक प्रतियोगिता गर्नेभएको छ । उक्त प्रतियोगिताको लागि नाटककार एवं लेखकहरुसँग आउँदो फागुन २३ गते शुक्रबार काठमाडौंको ओमबहालस्थित आलुपालु रेष्टुरेन्टमा छलफल कार्यक्रम राखेको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा नाटक लेखन कम हुँदै गएकोले यस्तो प्रतियोगिताको आयोजना गर्न लागेको नेपालभाषा...

  • २०७६ फाल्गुण २१, बुधबार

    मल्लकालीन तेल प्रशोधनशाला पुनर्निर्माण हुँदै

    काठमाडौं– काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले स्थापना गरेको लाएकू चिकंसाः (तेल प्रशोधनशाला)को पुनर्निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिका २३ वडा दमकल पछाडि रहेको उक्त तेल प्रशोधनशाला ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । कुमारीलाई तेल दलिदिन यही प्रशोधनशालाबाट नै तेल ल्याइने गरिन्थ्यो भने माघेसंक्रान्तिको दिन कुमारीको टाउकोमा हालिदिने तेल पनि यहींबाट ल्याइने गरिन्थ्यो । स्मरणीय छ,...

  • २०७६ फाल्गुण २१, बुधबार

    बिस्केट जात्राको लागि भैरवको रथ निर्माण थालियो

    काठमाडौं– भक्तपुरको बिस्केट जात्राको लागि भैरवको रथ निर्माण थालिएको छ । वर्षेनी चैत २७ गतेदेखि ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा भक्तपुरको प्रसिद्ध एवं लोकप्रिय जात्रा हो । यही जात्राको पहिलो दिन टौमढी टोलमा भैरवको रथ बनाएर माथिल्लो टोल (थःने) र तल्लो टोल (क्वःने) दुवैतिर तान्ने गरिन्छ । यस दिनलाई ‘देउता तल विराजमान हुनुभएको’ (द्यः कुहांबिज्याःगु) भनिन्छ । यस दिन भैरवको मन्दिरमा भैरवलाई...

  • २०७६ फाल्गुण २०, मंगलबार

    चीर ठडियो, होलि शुभारम्भ

    काठमाडौं– धार्मिक विधिअनुसार फागुन २० मंगलबार चीर ठड्याइएको छ । योसँगै यस वर्षको होलिको शुभारम्भ पनि भएको छ । बिहान ७ बजेर ५७ मिनेटको साइतमा चीर ठड्याइएको हो । यो चीर अब होलि पूर्णिमाको बेलुका ७ः११ को साइतमा ढालिन्छ । चीर ढालेसँगै होलि पर्व पनि सकेको मानिन्छ ।

  • २०७६ फाल्गुण १९, सोमबार

    कोरोनाको त्रास : टोखा महोत्सव स्थगित

    काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन २३ गतेदेखि २५ सम्म हुन लागेको टोखा महोत्सव स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको अवस्थालाई मध्यनजर गर्दै उक्त महोत्सव स्थगित गरिएको टोखा नगरपालिकाले एक वक्तव्य जारी गरी जनाएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकोले...

  • २०७६ फाल्गुण १८, आइतबार

    उदाय समाजद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत

    काठमाडौं– उदाय समाजद्वारा आयोजित काठमाडौंको स्कुलस्तरीय निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । काठमाडौंका ५ वटा विद्यालयका कक्षा ६, ७ र ८ का विद्यार्थीहरुबीच निबन्ध प्रतियोगिताका भएको थियो । प्रतियोगितामा बालसेवा माध्यमिक विद्यालय, महांकाल माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय र शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित

    उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गर्नुभयो । सोही...

Pages