STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ फाल्गुण ४, आइतबार

    नेपालभाषाको लघुकथा सम्मेलन सम्पन्न

    काठमाडौं– ‘सः छगू फरक अभिव्यक्ति’ संस्थाको आयोजनामा १५ औं लघुकथा सम्मेलन सम्पन्न भएको छ । पाटनको इखालखु टोलमा सम्पन्न उक्त सम्मेलनमा कथाकार नःलि वज्राचार्य, काशिराम विरश र रामगोपाल आशुतोषले लघुकथा वाचन गरेका थिए । प्रत्येकले पाँच–पाँचवटा गरी १५ वटा लघुकथा सुनाएका थिए । वाचित कथाबारे साहित्यकार पुष्पराज राजकर्णिकारले टिप्पणी गरेका थिए । लघुकथा वाचन गरेका तीनैजना कथाकारलाई मोक्षबहादुर अमात्यले...

  • २०७६ फाल्गुण ४, आइतबार

    ललितपुरका पूर्वमेयर शाक्य रहेनन्

    काठमाडौं– नेपाली कांग्रेसका नेता एवं तत्कालीन ललितपुर उपमहानगरपालिकाका मेयर बेखारत्न शाक्यको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका शाक्यको निधन फागुन ४ गते आइतबार बिहान भएको थियो । ५ गते सोमबार पाटनको शंखमुलमा अन्त्यष्टि हुने भएको छ । ८८ वर्षीय शाक्यका दुई छोरी र एक छोरा छन् । दिवंगत शाक्यको चिरशान्तिको कामना गर्दै आइतबार नै भिक्षु मैत्री र गुरुमांहरुबाट पुण्यानुमोदन सम्पन्न भएको छ ।...

  • २०७६ फाल्गुण ४, आइतबार

    तुलाधरहरुको सामाजिक विधिव्यवहार विषयमा छलफल

    न्यत (नरदेवी) टोलका तुलाधरहरुको सामाजिक विधिव्यवहारलाई लिएर छलफल कार्यक्रम भएको छ । फागुन ३ गते शनिबार न्यत तुलाधर टोल–घर (त्वाःछेँ), बुरांखेलमा उक्त छलफल कार्यक्रम भएको हो । उदाय समाज विधिव्यवहार उपसमितिका संयोजक सुमित्रा तुलाधर, समितिका संरक्षक सदस्य सागरमान तुलाधर, न्यत तुलाधर महिला समूहका अध्यक्ष मिनु तुलाधर, उदाय समाजका मुख्य सदस्य डा. सुमनकमल तुलाधर, उदाय समाज महिला समूहका अध्यक्ष कीर्ति...

  • २०७६ फाल्गुण ३, शनिबार

    छत्रपाटी चिकित्सालयको स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं– छत्रपाटी निःशुल्क चिकित्सालयले फागुन ३ गते शनिबार वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । काठमाडौंको १७ वडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा उक्त शिविर राखिएको थियो । शनिबार बिहानको ९ बजेदेखि १ बजेसम्म भएको स्वास्थ्य शिविरमा ढल्को तथा वरिपरिका स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले टोल–टोलमा स्वास्थ्य सेवा पुर्याउने...

  • २०७६ फाल्गुण १, बिहिबार

    किलागलका टोल–थकाली रहेनन्

    काठमाडौं– काठमाडौं १८ वडास्थित किलागल टोलका टोल–थकाली (थाकुलि) सानुभाइ महर्जनको केही दिनअघि देहावसान भएको छ । ९७ वर्षीय महर्जन टोल तथा समुदायमा सम्माननीय व्यक्तित्वका रुपमा रहेका थिए । दिवंगत महर्जनको दाहसंस्कार काठमाडौंकै कर्णदीपमा सम्पन्न गरिएको थियो । दिवंगत महर्जनका तीनजना छोरा र एकजना छोरी रहेका छन् ।

  • २०७६ फाल्गुण १, बिहिबार

    गरगहना बनाउने तालिम–भवनको शिलान्यास

    काठमाडौं– काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको शिलान्यास काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गरेका छन् । उक्त भवनमा संघले् सुनचाँदीका गरगहना बनाउने तालिम प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो । फागुन १ गते बिहीबार काठमाडौंको कुसुमबियालाछीस्थित झ्वाःबहालमा आयोजित एक कार्यक्रमबीच सो भवनको शिलान्यास सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, २५...

  • २०७६ फाल्गुण १, बिहिबार

    नेवाः मोर्चाबाट माणिकलाल श्रेष्ठ सम्मानित

    नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रा. माणिकलाल श्रेष्ठको योगदानको कदर गर्दै सम्मानित भएका छन् । नेपालको वामपन्थी आन्दोलनका अगुवा, वामपन्थी बौद्धिक व्यक्तित्व र नेवारलगायत आदिवासी जनजाति मुक्ति आन्दोलनका अगुवा श्रेष्ठ नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संरक्षक पनि हुन् । मुक्तिको लागि अथक योद्धाको रुपमा आजीवन सतिसाल बनी देश र उत्पीडित जनताको पक्षमा श्रेष्ठले...

  • २०७६ फाल्गुण १, बिहिबार

    शताब्दी पुरुषको निवास अब लोकसाहित्य भवन

    वाङमय शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन, बखुंबहालस्थित निवास अब लोकसाहित्य भवनमा परिणत हुने भएको छ । फागुन १ गते बिहीबारको साइतमा सो भवनलाई नयाँ नाम दिइएको हो । नयाँ नाम पाएको सो भवनको अब पुनःनिर्माण गरिनेछ । कला, संस्कृतिसँगै लोकसाहित्य अध्ययन गर्ने स्थलको रुपमा सो भवनको रुप फेरी लोकसाहित्य भवन बनाउन लागिएको हो ।

  • २०७६ माघ २८, मंगलबार

    ‘फास्ट ट्र्याकको कारण रातो मछिन्द्रनाथ जात्रा बन्द हुने’

    २८ गते वृहत दबाबमूलक कार्यक्रम घोषणा काठमाडौं– उपत्यकाको जीवन्त एवं अमूर्त सम्पदाको रुपमा रहेको बुंगद्यः जात्रा अर्थात रातो मच्छिन्द्रनाथको जात्रा बन्द हुने अवस्थामा पुगेको छ । बुंगमती जन सरोकार समितिका संयोजक अष्टबहादुर महर्जनले जात्रा बन्द हुने अवस्थामा पुगेको बताएका छन् । गमती र खोकनामा फाष्ट ट्र्याक, हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बागमती करिडोर, रेलमार्ग निर्माण गर्ने अवस्थामा बुगंमती र...

  • २०७६ माघ २८, मंगलबार

    खोकना र बुङमती जोगाउन काठमाडौंमा वृहत् प्रदर्शनी

    काठमाडौं– ललितपुरको खोकना र बुङमतीको सांस्कृतिक अस्तित्व नष्ट गर्ने गरी सरकारले सो क्षेत्रलाई निशाना बनाई लागु गरेका विभिन्न आयोजनाप्रति खेद प्रकट गर्दै माघ २८ गते मंगलबार राजधानीमा एक वृहत् प्रदर्शनी निकालिएको छ । बुंगमती जनसरोकार समिति र खोकना जनसरोकार समितिको संयुक्त आयोजनामा जाउलाखेलबाट सुरु भएको जुलुुसले माइतीघरमण्डलमा पुगी विरोध प्रदर्शन गरेका थिए । उनीहरूले प्राचीन संस्कृति मासिने गरी...

  • २०७६ माघ २७, सोमबार

    भक्तपुरमा तीन स्रष्टा सम्मानित

    काठमाडौं – भक्तपुर साहित्यिक समाजले एक कार्यक्रमबीच आफ्नो २१ औं स्थापना दिवसको अवसरमा तीनजना स्रष्टालाई सम्मान गरेको छ । सम्मानित स्रष्टाहरु गायक रत्न बेहोसी, महाकवि चन्द्रप्रसाद न्यौपाने र लेखक विनोदराज शर्मा हुन् । सोही कार्यक्रममा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्यलाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । संस्कतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्यमा सो...

  • २०७६ माघ २७, सोमबार

    हटेन ढिके नुनको प्रयोग गर्ने बानी

    रुकुम पूर्व का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट टे«डिङ कर्पोरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या...

Pages