उपत्यका
-
२०७७ आषाढ २०, शनिबार
वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टर (WNO NCC)को अध्यक्षको राजीनामा प्रकरण फिर्ता
विजयरत्न असंबरे वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनद्वारा दिनुभएको राजीनामा च्याप्टरको सचिवालयको बैठकले अस्वीकृत गरे पछी राजीनामा फिर्ता लिनु भएको छ । कोरोना महामारीले सम्पूर्ण विश्व नै आक्रान्त रहेको परिस्थितिलाई ध्यानमा राखेर संस्थागत हितका निम्ति बहुमत सदस्यले राजीनामा नदिन मत राखेपछि राजीनामा दिनुभएका अध्यक्ष शाक्यले आउँदो अधिवेशनसम्मका लागि जिम्मेवार बहन गर्न तयार...
-
२०७७ आषाढ २०, शनिबार
रोपाइँ गर्न गएका स्थानीयमाथि प्रहरीको लाठी रअश्रुग्यास
खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध स्थानीय आन्दोलित ललितपुर - ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसानमाथि प्रहरी ज्यादती भएकाे छ । स्थानीयमाथि प्रहरीले लाठी बर्साउनुकाे साथै केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले लामाे...
-
२०७७ आषाढ १९, शुक्रबार
‘खुुकुलो’ लकडाउनबीच रातो मच्छिन्द्रनाथ जात्राको तयारी
काठमाडौँ : काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ । बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन...
-
२०७७ आषाढ १९, शुक्रबार
साँखुको क्वारेन्टिनमा नै छैन झुल र बत्ती
शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टिनलाई व्यवस्थित बनाउन माग गरिएको छ । त्यहाँ तीन दिनदेखि बिजुली बत्ती छैन । झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टिनमा रहनु भएका रमेश अधिकारीले जानकारी दिनुभयो । विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टिनमा रहँदै आएका छन् । उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै...
-
२०७७ आषाढ १९, शुक्रबार
जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बन्यो ललितपुरको वडा
विजयरत्न असंबरे ललितपुर महानगरपालिका– ३ वडा जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको छ । ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइए पछी ललितपुरको वडा नं ३ जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको हो । वडाले चालू आर्थिक वर्षको बजेटबाट ७७ लाख तिरेर सो जेट मेसिन खरिद गरिएको वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो । जेट मेशिन बहुप्रयोजनको लागि उपयोगी रहेको छ ।...
-
२०७७ आषाढ १८, बिहिबार
टाेखाले दिने सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ
काठमाडौँ : टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप...
-
२०७७ आषाढ १८, बिहिबार
कोरोना सङ्क्रमण पुष्टि भएसँगै ललितपुर गोदावरीका बजार तथा पसल बन्द
ललितपुर : गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनले भन्नुभयो, “सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट...
-
२०७७ आषाढ १८, बिहिबार
टुटल र पठाओले आफ्नो सेवा सुरु गरे
काठमाडाैं - काेराेना महामारी र जारी लकडाउनका कारण बन्द रहेको टुटल र पठाओले अब आफ्नो सेवा सुरु गरेका छन्। सार्वजनिक यातायात नचलेको अवस्थामा ग्राहकलाई सेवा दिन मात्र सेवा सुरु गरिएको जनाइएकाे छ । महामारीको अवधिभर राइडरसँग कुनै पनि कमिसन नलिई सेवा शुल्क घटाएकाे टुटलले जनाएकाे छ । त्यस्तै राइडरलाई ग्लब्स, मास्क, चस्मा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड पनि ल्याएकाे छ । त्यस्तै पठाओले...
-
२०७७ आषाढ १८, बिहिबार
भक्तपुरमा विपद् व्यवस्थापनको तयारी पूरा
भक्तपुर : जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरस नियन्त्रणसँगै वर्षामा हुनसक्ने बाढी, पहिरो र डुबानबाट जिल्लावासीलाई जोगाउन विपद् व्यवस्थापनको तयारी पूरा गरेको छ । कोरोना भाइरसले ल्याएको विपत्तिलाई सहज व्यवस्थापन गर्दै आएको भक्तपुरको संयुक्त सुरक्षा निकायले विगतका वर्षमा झैँ आउनसक्ने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद् व्यवस्थापनको तयारीसमेत पूरा गरेको हो । भक्तपुरका प्रमुख...
-
२०७७ आषाढ १७, बुधबार
नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प
काठमाडौँ - नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको...
-
२०७७ आषाढ १७, बुधबार
भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाइने
भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने बताउनुभएको छ । परिसरमा आज आयोजित सञ्चारकर्मीसँगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उहाँले भक्तपुरमा चोरी र सडक दुर्घटना न्यूनीकरण चुनौतीको विषय रहेको आफूले जानकारी पाएको चर्चा गर्दै यसलाई नियन्त्रण गर्न आफू फरक ढङ्गले लाग्ने बताउनुभयो । कार्यक्रममा परिसरका सूचना अधिकृत एवं...
-
२०७७ आषाढ १६, मंगलबार
खाेकनामा प्रहरीकाे जबर्जस्ती • स्थानीयलाई राेपाइँ गर्न दिइएन • घम्साघम्सीबीच राेपाइँ सम्पन्न
काठमाडौं । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो । काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो । स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही...


