STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ मङ्सिर ३, मंगलबार

    खरका छाना विस्थापन गरिँदै

    खरका छाना विस्थापित गर्ने भन्दै बागलुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ । ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । कार्यक्रमअन्तर्गत खरका छाना रहेका परिवारका लागि नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराउने भएको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर खरका छाना रहेका परिवारले...

  • २०७६ मङ्सिर २, सोमबार

    चौरासी पूजाको खर्च नगरी विद्यालयलाई ११ रोपनी जग्गादान

    अर्घाखाँचीको पोखराथोकका एक वृद्ध दलितले चौरासी पूजा नगरी विद्यालयलाई ११ रोपनी जग्गादान गर्नुभएको छ । चौरासी पूजामा गरिने फजुल खर्चभन्दा विद्यालयमा गरिने दानले भविष्यका बालबालिकालाई समेत शिक्षाको ज्योति फैलाउने भन्दै पाणिनी गाउँपालिका–२ पोखराथोक रयलेका ८४ वर्षीय रविलाल सार्कीले विद्यालयलाई जग्गादान गर्नुभएको हो । उहाँले पाणिनी गाउँपालिका–३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद रु पाँच हजार पाणिनी–२...

  • २०७६ मङ्सिर २, सोमबार

    कृषिजन्य वस्तुले बजार भाउ पायो

    कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ । सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो । यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै...

  • २०७६ कार्तिक २८, बिहिबार

    सडक निर्माण हुन लाग्दा स्थानीयवासी खुशी

    कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् । कालोपत्र भएर पनि ठुल्ठूला खाल्डाखुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो सडकखण्डलाई नगरपालिकाले निर्माण गर्न थालेपछि खुशी भएका हुन् । आर्थिक वर्ष २०७५÷७६ उक्त सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ९५ लाख बजेट विनियोजन गरेको थियो । बजेट गत आवमै विनियोजन भए पनि गत आवको असारमा सम्झौता...

  • २०७६ कार्तिक २७, बुधबार

    वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

    बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । यही कात्तिक २३ र २६ गते जङ्गलमा घाँस दाउरा काट्न गएका दुई महिलाले बाँघको आक्रमणबाट ज्यान...

  • २०७६ कार्तिक २५, सोमबार

    रामपुरलाई आलु पकेट क्षेत्रका रुपमा विकास गरिने

    आलु खेतीमा आत्मनिर्भर बनाउन रामपुरमा आलु पकेट क्षेत्र विकास कार्यक्रम शुरु गरिएको छ । रामपुरलाई आलु पकेट क्षेत्रका रुपमा चिनाउन रामपुर नगरपालिका–६ को कार्यालयले वडाका कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरी पकेट क्षेत्र विस्तार कार्यक्रम अगाडि बढाएको छ । वडाले गत वर्षदेखि नै आलु पकेट कार्यक्रम शुरु गरेको हो । यस वर्ष सबैजसो घरमा आलु लगाउन अभियान नै वडाले थालनी गरेको छ । कम्तीमा पनि एक कृषकले दुई...

  • २०७६ कार्तिक १९, मंगलबार

    एकसय पन्ध्र परिवारका लागि एउटै धारा

    त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहनुभएका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित हुनुभएको छ । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ । सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको...

  • २०७६ कार्तिक १९, मंगलबार

    परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली

    बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद हुनुभएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त सोमबार नियुक्त गर्नुभएको हो । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ । दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर...

  • २०७६ कार्तिक ४, सोमबार

    तीन दिनदेखि विद्युत् अवरुद्ध

    उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । विद्युत्को खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताउनुभयो । “चाँडै विद्युत्...

  • २०७६ आश्विन १७, शुक्रबार

    सुत्केरीलाई ‘रातो भाले’

    बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचाँै गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ । गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण...

  • २०७६ आश्विन ८, बुधबार

    बिमितलाई औषधि पाउनै मुस्किल

    आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लैजानुभयो । उहाँले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बीमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरीद गर्न बाध्य भएको बताउनुभयो । बिमित भएका स्थानीय उपचारमा आए पनि सहजरूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट...

  • २०७६ आश्विन ६, सोमबार

    रातोमाटोले भाउपाएपछि स्थानीय उत्साहित

    दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे...

Pages