STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ जेठ ३२, आइतबार

    काठमाडौं महानगरपालिकाको एम्बुलेन्सले दियो ४५ सयलाई निःशुल्क सेवा

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा करिब ४ हजार ५ सयलाई निशुल्क सेवा प्रदान गरेको छ । हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउनमा एकतर्फी करिब ३ हजार र दुईतर्फी करीब ४ हजार ५ सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभागले जनाएको छ ।...

  • २०७७ जेठ ३२, आइतबार

    उपत्यका छिर्न अब नगरपालिकाको अनुमति अनिवार्य चाहिने

    काठमाडौं – सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । गृह मन्त्रालयमा आइतबार बसेको बैठकले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि यहाँ आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था गरेको हो । गृहको निर्णयअनुसार अब नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि मात्र उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि...

  • २०७७ जेठ २९, बिहिबार

    लिम्पियाधुरा समाविष्ट नक्साको समर्थनमा दीप प्रज्वलन

    विजयरत्न असंबरे - ललितपुर - लिपुलेक र कालापानी समाबिष्ट नक्शा सहितको संविधान संशोधन प्रस्ताव पारित भएको अवसरमा ललितपुरको मंगलबजारमा स्थानिय युवाहरुको सकृयतामा स्वतःस्फुर्त रुपमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । गुमेको लिम्पियाधुरा सहित नेपालको नया नक्सा सहितको संविधानमा संसोधन प्रस्ताव पाएको उपलक्ष्यमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा केही स्थानीय युवाहरुले सरकारको सही कदमलाई स्वागत गर्न...

  • २०७७ जेठ २८, बुधबार

    न्यूरोडमा बुधबार पनि पसल खोल्न दिएनन्, ठाेस निर्णय नभए आन्दाेलन गर्ने व्यवसायीकाे चेतावनी

    काठमाडौं - न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न बुधबार पनि प्रहरीले रोक लगाएको छ । व्यापारीहरुले बुधबार पनि पसल खोल्ने घोषणा गरेका थिए । सो घोषणाअनुसार बिहानै पसल खोल्न गएका व्यापारीहरुलाई प्रहरीहरुले रोकेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन खुकुलो बनाउनेबारे बुधबार सरकारले केही पनि निर्णय नगरेमा आन्दोलन चर्काउने चेतावनी दिए । तीन दिनदेखि खुल्ला हुँदै आएका न्यूरोड क्षेत्रका...

  • २०७७ जेठ २८, बुधबार

    ललितपुर सुनचाँदी व्यवसायी संघले गर्यो कोरोना बिमा

    विजयरत्न असंबरे ललितपुरमा ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध आफ्ना ४४९ जना ब्यवसायी सदस्यहरूको सुरक्षाको लागि कोरोना भाइरसको बिमा गरिदिएको छ । कोरोनाबाट प्रभाबित हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै आफना सम्पुर्ण सदस्यहरू एवं सदस्यका परिवार लगायत संघका सम्पूर्ण कर्मचारीका लागि एभरेष्ट ईन्सुरेन्स कम्पनिसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको ललितपुर सुनचाँदी...

  • २०७७ जेठ २८, बुधबार

    काठमाडौँ महानगरपालिकाबाट रेडियो शिक्षा प्रारम्भ

    विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा...

  • २०७७ जेठ २७, मंगलबार

    अव्यवस्थित फुटपाथ पसल हटाउँदै स्थानीय युवा

    काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि दुई महिना लामो लकडाउनपछि अहिले बजार बिस्तारै खुल्दै गएको र मानिसहरु बाहिर निस्किन थालेका छन् । लकडाउनको समय स्थानीय क्षेत्रमा जिल्लाबाहिरका मानिसहरु भित्र्याउन नहुने र उनीहरुबाट संक्रमणको जोखिम धेरै रहने देखिएको छ । बाहिरबाट आउनेहरुले राखेका फुटपाथ पसलको कारण पनि कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले अव्यवस्थित रुपमा राखिएका फुटपाथ पसलहरु हटाउन...

  • २०७७ जेठ २७, मंगलबार

    न्यूरोड क्षेत्रमा पसल खाेल्ने र बन्द गराउनेबीच घम्साघम्सी, सवारी होल्डकाे नीतिमा प्रहरी

    काठमाडौं । व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ । यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए । सो दिनपछि सबै पसलहरु ११...

  • २०७७ जेठ २६, सोमबार

    आमा घरलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको सहयोग

    विजयरत्न असंबरे विश्वभर छरिएर विभिन्न यद्यममा लागिरहेका नेवार हरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनको पहलमा आमा घरलाई सहयोग प्रदान गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्दै आएकोआमा घरलाई समस्या भएपछि वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्युएनओ) बाट यसरी सहयोग गरिएको हो । अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट...

  • २०७७ जेठ २६, सोमबार

    विकास प्राधिकरण खारेज हुनुपर्छ : उपत्यकाका मेयरहरु

    काठमाडौं - उपत्यका नगरपालिका फोरमले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न संघीय सरकारसँग आग्रह गरेको छ । फोरमले विज्ञप्ति जारी गरी सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ र राज्यमन्त्री रामवीर मानन्धरसँग यस्तो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्नु अघि फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु...

  • २०७७ जेठ २५, आइतबार

    काठमाडौंका सम्पर्ण तार भूमिगत गरिने

    काठमाडौं - अब काठमाडौं जिल्लाको सम्पर्ण शहरी भू-भाग समेटिने गरी तार भूमिगत गरिने भएको छ । हाल दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहे पनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइँदैछ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत गर्न भारतको एक कम्पनीलाई ठेक्का दिने आशयको सूचना...

  • २०७७ जेठ २४, शनिबार

    काठमाडौंको ह्याम्समा दुईजना कोरोना संक्रमितकाे उपचार शुरु

    काठमाडौं - काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको छ। अस्पतालले कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेको अस्पतालले जनाएकाे छ। अहिले अस्पतालमा कास्कीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ। गुल्मी चद्रकोटका ७७ वर्षीय एक पुरूष पिसाब पोल्ने उपचारका लागि मंगलबार ह्याम्स अस्पताल आएका थिए। पिसाबको चेकजाँच पछि बाहिरबाट आएकाले कोरोना परीक्षणका...

Pages