उपत्यका
-
२०७७ आषाढ ९, मंगलबार
चापागाउँदेखि टीकाभैरव राजकुलो सञ्चालनमा
ललितपुर, ९ असार : गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सञ्चालनमा आएको छ । वाग्मती प्रदेश सरकारले चालु वर्षमा रु ४९ लाख बजेट विनियोजन गरी मर्मत तथा सुधारको काम अघि बढाएसँगै उक्त कुलो सञ्चालनमा आएको हो । विसं २०४६ देखि राम्रोसँग सञ्चालनमा नआएको राजकुलोबाट यस वर्षदेखि पानी चालु भएसँगै चापागाउँ फाँटमा धमाधम धान रोप्ने काम भइरहेको छ । सो फाँटमा दुईतीन दिनभित्र...
-
२०७७ आषाढ ८, सोमबार
चन्द्रागिरि नगरपालिका बजेट : ‘उत्पादन र रोजगार’ प्राथमिकतामा
काठमाडाैं - चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग,...
-
२०७७ आषाढ ८, सोमबार
भक्तपुरकाे न्यातापाेल (पाँचतले) मन्दिरको जन्मोत्सव वर्षबन्धन
भक्तपुर, ८ असार - भक्तपुरकाे प्रसिद्ध न्यातापाेल पाँचतले मन्दिरकाे जन्माेत्सव वर्षबन्धन सम्पन्न गरिएकाे छ । नेपाल संवत् ८२२ अर्थात् ३१८ वर्ष अगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले भक्तपुरको टौमढीमा उक्त मन्दिर निर्माण गराएका थिए । मन्दिरको जन्मोत्सव वर्षबन्धनका अवसरमा सोमबार सेतो कपडामा रातो चन्द्र आकार भएको झण्डा फहराएर झन्डोत्तोलन पनि गरिएकाे छ ।
-
२०७७ आषाढ ८, सोमबार
कीर्तिपुरले कर नबढाउने
काठमाडाैं - कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ । कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर नबढाई यथावत् राख्ने निर्णय गरेको राजश्व परामर्श समितिले जनाएको छ । परामर्श समितिको यही असार २ गते बसेको आकस्मिक बैठकले आगामी आव २०७७÷०७८ का लागि सबै कर यथावत् राख्ने निर्णय गरेको परामर्श...
-
२०७७ आषाढ ८, सोमबार
बजेट सक्न असारे विकास !
काठमाडौँ, ८ असार : पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आज बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले पहिले संरचना निर्माण...
-
२०७७ आषाढ ७, आइतबार
कामपाको नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौँ महानगपालिकाको आज सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको थियो । पाँच क्षेत्रमा नीति र त्यसअन्तर्गत विभिन्न शीर्षकमा कार्यनीति गरी २५८ बुँदामा नीति तथा कार्यक्रम समेटिएका छन् । आगामी वर्षको नीति तथा कार्यक्रममा...
-
२०७७ आषाढ ७, आइतबार
गोदावरी मार्शल आर्टलाई खेल सामग्री सहयोग
ललितपुर ७ असार - अठार वर्षअघि स्थापित गोदावरी मार्शल आर्टस एकेडेमी (गोदावरी डोजो) लाई खेलकूदका सामग्री प्राप्त भएको छ । गोदावरी नगरपालिका वडा नं ३ कार्यालयले यस वर्षको कार्यक्रमअन्तर्गत एकेडेमीलाई उक्त सामग्री सहयोग गरिएको हो । कार्यालयले शनिबार ५० कराते म्याट, चारचार थान पञ्जा र सिस गार्ड तथा दुई थान चेष्ट प्याड सहयोग गरेको एकेडेमीका अध्यक्ष चीन लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७७ आषाढ ७, आइतबार
सूर्यविनायक नगरपालिकाकाे नीति तथा कार्यक्रम पारित
भक्तपुर, ७ असार : सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगरपालिकाको चालू सातौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । भोलि सोमबार आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्ने तयारी गरेको नगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमण रोकथाम र नगरको...
-
२०७७ आषाढ ६, शनिबार
डिल्लीबजार कारागारको जीर्ण भवन भत्कियो
काठमाडाैं - डिल्लीबजारस्थित सदर खोर कारागारको बाहिरी क्षेत्रमा रहेको जीर्ण भवन भत्किएको छ । शुक्रबार राति करिब ९:३५ बजेतिर उक्त भवन भत्किएको हो । भीआईपी कैदीसहित ६१२ जना कैदी रहेको कारागार भवनको गारो भत्किएर बिजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको थियाे । थुनुमा रहेका कोही पनि कैदीबन्दी भने भाग्न नपाएको कारागार प्रशासनले जनाएको छ । जीर्ण रुपमा रहेको भवन वर्षाको कारण भत्किएको जनाइएकाे छ ।...
-
२०७७ आषाढ ६, शनिबार
राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने
पूर्णप्रसाद मिश्र प्राचीन अभिलेख, महत्वपूर्ण ग्रन्थ तथा दस्तावेज संरक्षण गरी राखिएको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयलाई सरकारले अन्यत्र स्थानान्तरण गर्न यसअघि गरेको निर्णय फिर्ता लिएको छ । मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले अभिलेखालय भवन सार्ने निर्णय पुनर्विचार गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ऐतिहासिक र राजनीतिक...
-
२०७७ आषाढ ५, शुक्रबार
अब वडामा शुल्क तिरी दर्ता गरेपछि मात्र कुकुर पाल्न पाउने
काठमाडाैैं महानगरपालिकाले ल्याउन लागेकाे नयाँ नियम अनुसार अब घरपालुवा कुकुरलाई वडा कार्यालयम अनिवार्य दर्ता गराउनुपर्नेछ । वडामा शुल्क तिरेर कुकुर दर्ता गरेपछि मात्र कुकुर पाल्न अनुमति पाउनुहुनेछ । महानगरबासीले मनपरी रुपमा कुकुर पाल्ने, जथाभावी दिसापिसाब गराउने र रोगी र बूढो भएपछि बाटोमा छाडिदिने बानीको अन्त्य गर्न अनिवार्य रुपमा कुकुर दर्ता गराउने नीति अघि सारेको हो कामपाले हिजो बिहीबार...
-
२०७७ आषाढ ४, बिहिबार
भक्तपुरमा प्रहरीसहित तीनजनामा कोरोना पुष्टि
काठमाडाैं - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन...


