STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बन्यो ललितपुरको वडा

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १९, शुक्रबार

विजयरत्न असंबरे


ललितपुर महानगरपालिका– ३ वडा जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको छ । ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइए पछी ललितपुरको वडा नं ३ जेट मेसिन सञ्चालन गर्ने देशकै पहिलो वडा बनेको हो । वडाले चालू आर्थिक वर्षको बजेटबाट ७७ लाख तिरेर सो जेट मेसिन खरिद गरिएको वडा नं ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो । जेट मेशिन बहुप्रयोजनको लागि उपयोगी रहेको छ । जेट मेसिनले २० मिटर गहिराईसम्म ढल सफा गर्न सक्ने, सफा पानीसंगै ढलको पानी तानेर राख्न, ढल भित्रको बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ । सो जेट मेशिनले जाम भएको ढलको पानी ट्याङकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेशिनमार्फत सफा गर्ने गर्दछ । ‘देशभरमा यस्तो जेट मेसिन सञ्चालन गर्ने पहिलो वडा हुनुपर्दछ । महानगरपालिकाले मात्र जेट मेसिन खरिद गर्ने गरेकोमा यहाँ त वडाले मेशिन सञ्चालन गरेको छ ।’ मेशिनको शुभारम्भ गर्दै ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले भन्नुभयो । यस कार्यले अरु वडालाई उच्चत्तम प्रविधियुक्त मेसिनबाट काम गर्न प्रोत्साहन गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । वडाले उच्चत्तम प्रविधियुक्त मेसिन सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट प्रविधिले नै जनतालाई गुणस्तरीय सेवा दिन सकिने धारणा राख्नुभयो । यस अघि शव बाहन सञ्चालन गरेको वडाले अब ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क विधुतीय गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
Categorized in उपत्यका