STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोपाइँ गर्न गएका स्थानीयमाथि प्रहरीको लाठी रअश्रुग्यास

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २०, शनिबार

खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध स्थानीय आन्दोलित


ललितपुर - ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसानमाथि प्रहरी ज्यादती भएकाे छ । स्थानीयमाथि प्रहरीले लाठी बर्साउनुकाे साथै केही सेल अश्रुग्यास समेत हानेको छ । विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले लामाे समयदेखि विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् । उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए । रोपाइँमा ट्याक्टरको प्रयोग गरिएको थियो । थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ । काठमाडौं-तराई द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी छ। तर स्थानीयवासीले भने विकासका नाममा सांस्कृतिक सहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरूको आन्दोलनमा नेवा: सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन् । सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् । उनले खोकनाका किसान र बासिन्दामाथि अन्याय भएको भन्दै विकासका नाममा खोकनाको अस्तित्व मेट्ने गरी भइरहेका कामको विरोध जारी राखिने बताए । ‘हामी खोकना बचाउन अन्तिमसम्म लडिरन्छौं, सीमा रक्षा गर्न नसक्ने सरकारले देशका गरिब जनताको भूमि लुट्न पाउँदैन,’ श्रेष्ठ भन्छन् ।
Categorized in उपत्यका