उपत्यका
-
२०७७ जेठ १६, शुक्रबार
डेंगुबाट सुरक्षित रहन कीटनाशक औषधि छरियो
काठमाडौं – उपत्यका गर्मी र लामखुट्टे बढेसँगै डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि विभिन्न वडामा केही दिनअघिदेखि कीटनाशक औषधि छर्किने काम हुँदैछ । काठमाडौंको भित्री शहरका सम्पूर्ण वडाका मुख्य सडकसहित गल्ली र चोकहरुमा कीटनाशक औषधि छर्किएको छ । काठमाडौं महानगरपालिका वातावरण विभागले कोरोना भाइरसको संक्रमण बढिरहेको समय डेंगुको प्रकोप नहोस् भनेर लामखुट्टेनाश औषधि छर्किएको बताएको छ । गत वर्ष उपत्यकाको...
-
२०७७ जेठ १०, शनिबार
भक्तपुरका जनप्रतिनिधिलाई काेराेना संक्रमण
एक महिला जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर नगरपालिका उच्च सर्तकता अपनाइएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलामा संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको जनाइएकाे छ । उनकाे रिपोर्टमा पोजेटिभ आएपछि उनकाे टोल...
-
२०७७ जेठ १०, शनिबार
ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, अस्पताल नै सिल गर्ने तयारी
काठमाडौं - काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल नै सिल गर्ने तयारी भइरहेकाे छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको तर त्यहाँ कार्यरत कर्मचारी रहेकाे अस्पतालले जनाएको छ ।
-
२०७७ जेठ १०, शनिबार
कीर्तिपुरका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौं – कोरोना परीक्षणअन्तर्गत आरडिटी परीक्षणमा पोजेटिभ आएका कीर्तिपुरका ९ जना स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिबार दिएको रिपोर्टमा तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरु राराहिल स्कुल र त्रिविको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनबाट घर जान अनुमित मिलेको छ । मेयर रमश...
-
२०७७ जेठ ९, शुक्रबार
साँखुमा १४ जनाको आरडिटी पोजेटिभ, नगरपालिका सिल
काठमाडौं – कोरोना संक्रमणको आरडिटी परीक्षणमा साँखुका १४ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । योसँगै शंखरापुर नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ । शुक्रबार जेठ ९ गते बिहान १० बजेदेखि नगरपालिकामा भित्रिने तथा बाहिरिने नाकाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सिल गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन् । शंखरापुर नगरपालिकाको सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरसँग सिमा जोडिएको छ । भोलिदेखि ती...
-
२०७७ जेठ ८, बिहिबार
उपत्यका छिर्ने सबै नाका सिल गर्न गृहको निर्देशन
काठमाडौं – गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेसँगै अब उपत्यका प्रवेशमा थप...
-
२०७७ जेठ ८, बिहिबार
टोखाका १३ जनामा आरडिटी पोजेटिभ
काठमाडौं – कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले आरडिटी परीक्षण गरेको थियो । टोखाका ७९३ जनामा गरेको आरडिटी परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । नगरपालिकाभित्रका तरकारी तथा फलफूल, किराना पसले, जनप्रतिनिधि, सुरक्षाकर्मी, विदेशबाट आएका व्यक्ति र विभिन्न...
-
२०७७ जेठ ६, मंगलबार
कीर्तिपुरका चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ
कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको संयोजनमा सोमबार पहिलोपटक कोरोना संक्रमण परीक्षण थालिएको छ । सरफाइ कर्मचारीमा गरिएको उक्त परीक्षणमा चारजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । दुईजना महिला र दुईजना पुरुषमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी छ । नगरपालिकाको संयोजनमा कीर्तिपुर अस्पताल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा परीक्षण भएको हो । नगरपालिकाका मेयर रमेश महर्जनको पहिलो...
-
२०७७ जेठ ६, मंगलबार
कीर्तिपुरका जनप्रतिनिधिको कोरोना परीक्षण
कीर्तिपुर – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ । परीक्षणको क्रममा उपमेयर एवं नगरपालिका प्रवक्ता सरस्वती खड्का रिजालको परीक्षणपछि अन्य कर्मचारी एवं जनप्रतिनिधिका परीक्षण भएको थियो । नगरपालिकाको भवनमा मंगलबार जनप्रतिनिधि एवं कर्मचारी गरी ६२ जनाको कोरोना परीक्षण भएको छ । तीमध्ये पाँचजनाको आरडिटी परीक्षण पोजेटिभ देखिएको...
-
२०७७ जेठ ४, आइतबार
सफाइ कर्मचारीको आरडिटी पोजेटिभ देखिएपछि भक्तपुरका दुई ठाउँ सिल
काठमाडौें – भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि ती दुई ठाउँमा सिल गरिएको हो । भक्तपुर योसिंखेल पुख्र्यौैली घर भएका उनी हाल सूर्यविनायक पाण्डोबजारमा बस्दै आएका छन् । दुवै ठाउँमा उनको आवतजावत भएकाले दुवै ठाउँमा सिल...
-
२०७७ जेठ ३, शनिबार
मानव अधिकारको लागि एकल महिला समूहद्वारा निःशुल्क खानादेखि स्वास्थ्य शिविरसम्म
ललेन्द्र शाक्य कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेको आज ५३ दिन पुगिसक्यो । लकडाउनले देशका सम्पूर्ण शहरबस्ती ठप्प भइरहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदूर, गरिबी, असहाय, विपन्न वर्गहरुलाई बिहान बेलुकी पेट भर्न धौधौ परिरहेको अवस्था छ । ती वर्गलाई पेट भर्नु नै हाल भइरहेको लकडाउनले चुनौती दिइरहेको छ । यस समस्यालाई मध्यनजर गरी एक महिनायता...
-
२०७७ जेठ २, शुक्रबार
आफन्तको बेवास्ताले गुल्मीबाट कीर्तिपुर पुगेका कुँवर क्वारेन्टाइनमा
ललेन्द्र शाक्य “म लकडाउनपछि काठमाडांैबाट गुल्मी गएँ, त्यहाँको क्वारेन्टाइनमा नियमपूर्वक बसे । मेरो रिपोर्ट नेगेटिभ आयो । तर मलाई घरपरिवारबाट कसैले पनि लिन आएन, वास्ता पनि गरेन । आफन्तले नै बेवास्ता गरे पछि गाउँघरले पनि वास्ता गरेनन् । अनि म पुनः गुल्मीबाट काठमाडौं फर्किएँ ।” गुल्मी भीरकोट गाउँपालिका ५ वडाका २७ वर्षीय रंजित कुँवर बिहीबार साँझ ७ः३० बजे कीर्तिपुर आइपुगे । कुँवर भत्केपाटीमा डेरा गरी...


