उपत्यका
-
२०७६ चैत्र ३०, आइतबार
कीर्तिपुर २ वडामा राहत वितरण
ललेन्द्र शाक्य कीर्तिपुर – कोरोना भाइरस संक्रमण रोकथामको लागि लागू गरिएको लकडाउनको समय वडाबासीलाई खाद्यान्न अभाव हुन नदिन कीर्तिपुर नगरपालिका २ वडाले राहत वितरण गरेको छ । शनिबार (चैत २९ गते) मैत्री नगरमा बहालमा बस्ने तथा विपन्न वर्गको लागि राहत वितरण गरिएको थियो । मैत्री नगरमा करिब ३३० घरपरिवारलाई राहत वितरण गरिएको जानकारी २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा पर्यटन विभाग प्रमुख...
-
२०७६ चैत्र ३०, आइतबार
भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षणशुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको ¥यापिड किट (¥यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो । भक्तपुर अस्पतालमा ¥यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला...
-
२०७६ चैत्र २९, शनिबार
नयाँ मानिस देख्दैमा त्रसित हुनुपर्दैन : कीर्तिपुर मेयर
ललेन्द्र शाक्य कीर्तिपुर– चार दिनअघि कीर्तिपुर ३ वडा नाय्टोलमा नुवाकोटबाट आएका तीनजना एउटै घरमा बसिरहेको जानकारी स्थानीयले पाए । यो खबर पाउनेवित्तिकै स्थानीय, ३ वडाका वडाध्यक्ष राजेन्द्र महर्जन र वडासदस्यहरु पुगी उनीहरु बसेको घरमा तालाबन्दी गरिदिए । कीर्तिपुरमा नयाँ मानिस देखिनु र यसले स्थानीयमा त्रास फैलिरहेको विषयमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आफ्ना भनाइ राखेका छन् । मेयर...
-
२०७६ चैत्र २९, शनिबार
एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार
कोरोना भाईरसका कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ । यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोल काठमाण्डू निवासी जेन शाहिको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत मिति २९ चैत्रमा रगत संकलन गरिएको छ...
-
२०७६ चैत्र २९, शनिबार
लकडाउनः तर झोरमा रक्तदान
टोखा नगरपालिका झोरको पब्लिक इङलिस बोदिङ स्कुलमा ब्लड डोनर्स एशोसिएसन नेपाल ( ब्लोदान ) को आह्वानमा आज जम्मा ३६ जनाले रक्तदान गरेको छ । रक्तदान कार्यक्रममा सहभागीमा झोर नगरपालिकाका अध्यक्ष, का .म.पा.२४ वडाका सदस्य एवं ब्लोदानका केन्द्रीय सदस्य बिनोद तुलाधर, ब्लोदान काठमाडौं जिल्लाक इन्चार्ज,काठमाडौं जिल्लाका सचिब एवं काठमाडौं जिल्ला रक्तदान कार्यक्रम संयोजक अनिल रत्न तुलाधरज्यु, ब्लोदान...
-
२०७६ चैत्र २८, शुक्रबार
रातो मछिन्द्रनाथको रथयात्रा पनि स्थगित
काठमाडौं– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिको कारण ललितपुरमा मनाइने सबैभन्दा लामो रथयात्रा मछिन्द्रनाथको रथयात्रा स्थगित भएको छ । शुक्रबार (चैत २८) देखि सुरु हुने मछिन्द्रनाथको रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ । गुठी संस्थानका राजन भुजु र ज्यापु समाज यलका चन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिले रथको...
-
२०७६ चैत्र २८, शुक्रबार
राहतको तस्बिर सामाजिक सञ्जालमा नहालौं : कीर्तिपुर मेयर
ललेन्द्र शाक्य कीर्तिपुर – लकडाउनको समय नगरपालिकाबाट वितरण भइरहेको राहत वितरणको तस्बिर सामाजिक सञ्जालमा पोष्ट नगर्न कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले अनुरोध गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी लकडाउनको समय नगरबासीको खाद्यान्न समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले राहत वितरण गरिरहेको छ । राहत वितरण प्रचारात्मक कार्य नभएको जनाउँदै मेयर महर्जनले भने, “नगरभित्र दैनिक...
-
२०७६ चैत्र २८, शुक्रबार
कीर्तिपुरका उपमेयर राहत वितरणको अनुगमनमा
ललेन्द्र शाक्य कीर्तिपुर – कीर्तिपुर नगरपालिकामा प्रत्येक वडाबाट भइरहेको राहत वितरणको अनुगमन गर्न उपमेयर सरस्वती खड्का रिजालको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । यस अनुगमन समितिले प्रत्येक वडामा भइरहेको राहत वितरणको अनुगमन पनि गरिरहेको छ । कोरोना संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभर लकडाउन लागु गरेपश्चात् खाद्य सामग्री अभाव हुन नदिन नगरपालिका, गाउँपालिकामार्फत् राहत वितरण भइरहेको छ ।...
-
२०७६ चैत्र २८, शुक्रबार
उपत्यकाका काँठ क्षेत्रमा खाद्यान्नको मूल्यवृद्धि, अनुगमन सुस्त
बन्दाबन्दी (लकडाउन) सँगै कालाबजारी, कृत्रिम अभाव र मूल्यवृद्धिले संस्थागत रुप लिएपछि घरभित्र बसेका मानिस खान नपाइने चिन्तामा परेका छन् । बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत उपत्यकाका नगरपालिकाका काठ क्षेत्रका विभिन्न स्थानमा बन्दाबन्दीका नाममा प्रहरीले अत्यावश्यक सेवाका पसल बन्द गर्न दबाब दिने गरेको व्यवसायीको भनाइ छ । प्रहरीले पसल बन्द गर्न भनेको भन्दै साहुले सटर...
-
२०७६ चैत्र २३, आइतबार
चापागाउँको चन्द्रभैरवको जात्रा स्थगित
कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष...
-
२०७६ चैत्र २१, शुक्रबार
कोरोनाको कारण कीर्तिपुरमा सहिद दिवस स्थगित
काठमाडाैं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले लकडाउनको निर्णय लिएपछि कीर्तिपुरमा मनाइने सहिद दिवस पनि स्थगित गरिएको छ । ‘सहिद स्मारक व्यवस्थापन समिति’ आयोजनामा वर्षेनी चैत २० गते कीर्तिपुरमा सहिद दिवस मनाउँदै आइरहेको थियो । कोरोना भाइरस संक्रमितबाट बच्न भीडभाड नगर्ने सरकारको आह्वानको कदर गर्दै समितिले यस वर्ष सहिद दिवस स्थगित गरिएको...
-
२०७६ चैत्र २०, बिहिबार
रगतको अभाव भएपछि दातादाई रेडक्रसको आह्वान
रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ । सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताउनुभयो । सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक...


