STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नागरिक दैनिकको समाचारप्रति खेद प्रकट

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार

काठमाडौं– नागरिक दैनिक र नागरिक अनलाइनमा प्रकाशित ‘गर्भवती डेरा निकाला’ समाचारप्रति कीर्तिपुरको तःननि दाफा खलःले ध्यानाकर्षण जनाएको छ । शुक्रबार उक्त खलःले एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरको मानमर्दन गर्ने, जातीय द्वन्द्व बढाउन सहयोग गर्ने तथा पत्रकारिताको आचारसंहिताविपरीत आएको नागरिक दैनिक र अनलाइनको उक्त समाचारप्रति खेद प्रकट गरेको छ । चैत ११ गतेदेखि नेपाल सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी चैत २६ गते गर्भवती महिलासहित तीनजनाको परिवार जाजरकोटबाट कोहलपुर हुँदै कीर्तिपुरको तःननि टोलमा घरधनीलाई समेत थाहा नदिई बस्न आएको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारको नियमविपरीत एक पालिकाबाट अर्को पालिकामा आवतजावतमा रोक लगाएको नियमलाई बेवास्ता गरी आएकाले स्थानीय कोरोना भाइरस संक्रमणको त्रासमा रहनुपरेको विज्ञप्तिमा उल्लेख छ । लकडाउनको नियमअनुरुप बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्न लगेको घटनालाई गर्भवतीमाथिको दुव्र्यवहार र डेरा निकाला जस्ता भ्रामक समाचारको रुपमा प्रकाशित भएकोले यसले समाजमा सद्भावमा खलल पुग्ने, घृणा उत्पन्न हुने एवं जातीय विद्वेष समेत निम्त्याउन सक्ने विज्ञप्तिमा उल्लेख छ । त्यसैले यस्ता समाचार प्रकाशन गर्नुपूर्व सत्यतथ्य बुझेर मात्र प्रकाशन गर्न सम्पूर्ण संचार माध्यमलाई अनुरोध पनि गरेको छ ।
Categorized in उपत्यका