STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्षेत्रपाटी चिकित्सालयमा सेनिटाइजर बुथ

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार

काठमाडौं – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारी तथा निजी क्षेत्रहरुबाट विविध उपायहरु अपनाइरहेका छन् । यसैक्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा पनि कोरोना संक्रमण रोकथामको लागि चिकित्सालय प्रवेशद्वारमा सेनिटाइजर बुथ राखिएको छ । चिकित्सालयमा आउने बिरामी तथा चिकित्सकहरुको स्वास्थ्यलाई मध्यनजर गरी उक्त सेनिटाइजर बुथ राखिएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जनजाति खबरलाई जानकारी गराउनुभएको छ । उक्त सेनिटाइजर बुथका लागि दाताहरु अंजन अग्रवाल, राजेन्द्र गौतम, अमित पोद्दार, भुवन रोक्का, पवन अग्रवाल र रोजन शाहीले सहयोग गरेका छन् ।
Categorized in उपत्यका