उपत्यका
-
२०७६ फाल्गुण २३, शुक्रबार
‘कोरोना त्रास हटे कीर्तिपुर महोत्सव सुचारु’
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आउँदो वैशाख १६ देखि २० गते हुन गइरहेको कीर्तिपुर नगर महोत्सव २०२० को तयारी गरिरहन स्थानीय कलाकारहरुमा आह्वान गरेका छन् । विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको कारण नेपालमा समेत सतर्कता अपनाएर भीडभाडको कार्यक्रम नगर्न सरकारी आदेश आइसकेको अवस्थामा हुनगइरहेको कीर्तिपुर महोत्सवको सम्बन्धमा भएको एक सम्मेलनमा कीर्तिपुरका मेयरले उक्त आह्वान गरेका हुन् ।...
-
२०७६ फाल्गुण २२, बिहिबार
नेवार एकांकी नाटक प्रतियोगिता हुने
काठमाडौं– नेपालभाषा साहित्यको सम्बद्र्धन र विकासमा लागिरहेको प्राज्ञिक संस्था नेपालभाषा एकदेमिले नेवार एकांकी नाटक प्रतियोगिता गर्नेभएको छ । उक्त प्रतियोगिताको लागि नाटककार एवं लेखकहरुसँग आउँदो फागुन २३ गते शुक्रबार काठमाडौंको ओमबहालस्थित आलुपालु रेष्टुरेन्टमा छलफल कार्यक्रम राखेको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा नाटक लेखन कम हुँदै गएकोले यस्तो प्रतियोगिताको आयोजना गर्न लागेको नेपालभाषा...
-
२०७६ फाल्गुण २१, बुधबार
मल्लकालीन तेल प्रशोधनशाला पुनर्निर्माण हुँदै
काठमाडौं– काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले स्थापना गरेको लाएकू चिकंसाः (तेल प्रशोधनशाला)को पुनर्निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिका २३ वडा दमकल पछाडि रहेको उक्त तेल प्रशोधनशाला ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । कुमारीलाई तेल दलिदिन यही प्रशोधनशालाबाट नै तेल ल्याइने गरिन्थ्यो भने माघेसंक्रान्तिको दिन कुमारीको टाउकोमा हालिदिने तेल पनि यहींबाट ल्याइने गरिन्थ्यो । स्मरणीय छ,...
-
२०७६ फाल्गुण २१, बुधबार
बिस्केट जात्राको लागि भैरवको रथ निर्माण थालियो
काठमाडौं– भक्तपुरको बिस्केट जात्राको लागि भैरवको रथ निर्माण थालिएको छ । वर्षेनी चैत २७ गतेदेखि ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा भक्तपुरको प्रसिद्ध एवं लोकप्रिय जात्रा हो । यही जात्राको पहिलो दिन टौमढी टोलमा भैरवको रथ बनाएर माथिल्लो टोल (थःने) र तल्लो टोल (क्वःने) दुवैतिर तान्ने गरिन्छ । यस दिनलाई ‘देउता तल विराजमान हुनुभएको’ (द्यः कुहांबिज्याःगु) भनिन्छ । यस दिन भैरवको मन्दिरमा भैरवलाई...
-
२०७६ फाल्गुण २०, मंगलबार
चीर ठडियो, होलि शुभारम्भ
काठमाडौं– धार्मिक विधिअनुसार फागुन २० मंगलबार चीर ठड्याइएको छ । योसँगै यस वर्षको होलिको शुभारम्भ पनि भएको छ । बिहान ७ बजेर ५७ मिनेटको साइतमा चीर ठड्याइएको हो । यो चीर अब होलि पूर्णिमाको बेलुका ७ः११ को साइतमा ढालिन्छ । चीर ढालेसँगै होलि पर्व पनि सकेको मानिन्छ ।
-
२०७६ फाल्गुण १९, सोमबार
कोरोनाको त्रास : टोखा महोत्सव स्थगित
काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन २३ गतेदेखि २५ सम्म हुन लागेको टोखा महोत्सव स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको अवस्थालाई मध्यनजर गर्दै उक्त महोत्सव स्थगित गरिएको टोखा नगरपालिकाले एक वक्तव्य जारी गरी जनाएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकोले...
-
२०७६ फाल्गुण १८, आइतबार
उदाय समाजद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत
काठमाडौं– उदाय समाजद्वारा आयोजित काठमाडौंको स्कुलस्तरीय निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । काठमाडौंका ५ वटा विद्यालयका कक्षा ६, ७ र ८ का विद्यार्थीहरुबीच निबन्ध प्रतियोगिताका भएको थियो । प्रतियोगितामा बालसेवा माध्यमिक विद्यालय, महांकाल माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय र शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता...
-
२०७६ फाल्गुण १६, शुक्रबार
हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित
उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गर्नुभयो । सोही...
-
२०७६ फाल्गुण १६, शुक्रबार
किलागलको देवीनाच निकालिने देवघर पुनर्निर्माण हुँदै
काठमाडौं– किलागलस्थित देवीनाच (दीप्याखं) निकालिने देवघर (द्यःछेँ)को पुनर्निर्माण हुने भएको छ । देवीनाच प्रवद्र्धन तथा संरक्षण समितिले उक्त घरको पुनर्निर्माण गर्न लागेको छ । समितिका अध्यक्ष इन्द्र महर्जनले दिएको जानकारी अनुसार फागुन १९ गते सोमबार किलागलको बिज्यापुननिमा बिहानको १०ः३० बजेको साइतमा पुनर्निर्माणको शिलान्यास हुने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख...
-
२०७६ फाल्गुण १५, बिहिबार
असनको सुरतश्री महाविहारमा नयाँ चक्रेश्वर नियुक्त
काठमाडौं– काठमाडौं २७ वडास्थित असनटोलमा रहेको सुरतश्री महाविहार (तक्षबहाल)को चक्रेश्वर पदमा शंकरानन्द वज्राचार्य नियुक्त भएका छन् । केही दिनअघि विहारका तत्कालीन चक्रेश्वर प्रेमरत्न वज्राचार्य दिवंगत भएकाले महाविहारको धर्म परम्पराअनुसार थकालि शंकरानन्द वज्राचार्य चक्रेश्वर पदमा नियुक्त भएका छन् । फागुन १६ गते शुक्रबार धार्मिक परम्पराअनुसार सुरतश्री महाविहारमा वज्राचार्यलाई चक्रेश्वर पदबाट विभूषित...
-
२०७६ फाल्गुण १४, बुधबार
नेपालभाषाबाट पढाइ हुने विद्यालय ३० औं वर्षमा प्रवेश
काठमाडौं (फागुन १४ बुधबार)– मातृभाषामा शिक्षालाई जोड दिई नेपालभाषाको माध्यमबाट शिक्षा दिन खोलिएको काठमाडौं चागलको जगतसुन्दर ब्वनेकुथि माध्यमिक विद्यालय ३० वर्षमा प्रवेश गरेको छ । यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा फागुन १२ गते सोमबार एक कार्यक्रमबीच शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । ब्वनेकुथि संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले...
-
२०७६ फाल्गुण १४, बुधबार
पाटनमा इतिल्हने सम्यक पर्व सुरु
काठमाडौं– बौद्धधर्ममा ठूलो उत्सवको रुपमा मनाइने पाटन नागबहालको इतिल्हने सम्यक पर्व बुधबार (फागुन १४) बाट सुरु भएको छ । पाँच वर्षको एकपटक यो पर्व मनाइँदै आइरहेको छ । यसपटकको ५३ औं सम्यक पर्व मनाइरहेको छ । फागुन १५ सम्म हुने यस पर्वमा उपत्यकाका विभिन्न विहार एवं महाविहारबाट बसुन्धरा, आर्यतारा, बोधिसत्व र दीपंकर तथागतलगायत देवगणलाई नागबहालमा पूजाआजाको लागि निमन्त्रणा दिई वज्राचार्य र शाक्यबाट सम्यक...


