STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेता गुठी र नेवाः पत्रकारबीच छलफल

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– पशुपति क्षेत्रमा वैद्य समुदायले सञ्चालन गर्दैआएको फेता जात्रा यो वर्ष नमनाइने विषयमा फेता गुठी र नेवाः पत्रकार दबूबीच छलफल भएको छ । बुधबार बसेको बैठकमा फेता गुठीका सस्य जलत वैद्यले दबूका पदाधिकारीहरुसँग भेट गरी आफ्ना समस्या राखेका थिए । पशुपति विकास कोषले फेता गुठीको १३ रोपनी जग्गा अधिकरण गरेपछि त्यसको उचित मुआब्जा नदिएकोले फेता जात्रा मनाउन समस्या आएको जानकारी वैद्यले दबूका पदाधिकारीहरुसमक्ष राखेका थिए । नेवार संस्कृति र परम्परा मास्ने कार्यमा पशुपति विकास कोष लागेकोले यस विषयलाई जनस्तरसम्म पु¥याउने निर्णय छलफलमा भएको थियो । यसको लागि दबूले चाँडै एक प्रेस वक्तव्य जारी गर्ने जानकारी पनि दिएको छ ।
Categorized in उपत्यका