STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वयम्भूमा वज्राचार्यहरुको गुठी मनाइयो

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार

काठमाडौं– स्वयम्भूमा काठमाडौंका वज्राचार्यहरुको देय् आचागू (देश आचार्य गुठी) मनाइएको छ । चैत ४ गते मंगलबार स्वयम्भू र शान्तिपुरमा राजगुरुजु मञ्जुश्रीरत्न वज्राचार्यले पूजा सम्पन्न गरेका थिए । पूजापछि वज्राचार्य गुरुजुहरुलाई दान पनि दिइएको थियो । यसैक्रममा वज्राचार्य संरक्षण गुथिले एउटा सभा आयोजना गरी वज्राचार्य विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । गुथिका महासचिव मुनिन्द्ररत्न वज्राचार्यले संचालन गरेको उक्त सभामा पुरस्कार गुठीका अध्यक्ष गम्भीर वज्राचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष सागरमान वज्राचार्यले मन्तव्य राखेका थिए ।
Categorized in उपत्यका