STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लगन पार्कको लागि मेयर शाक्यद्वारा जग शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– काठमाडौं २१ वडास्थित लगनटोलमा रहेको शीलखाना भत्काएर व्यवस्थित पार्क बनाउन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जग शिलान्यास गरेका छन् । बिहीबार (चैत ६ गते) सम्पन्न जग शिलान्यास कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानलगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो । कोरोना भाइरस संक्रमणप्रति सचेत हुन सरकारले सुचना जारी गरिसकेकाले औपचारिक कार्यक्रम विना नै जग शिलान्यास गरिएको थियो । ४ करोड १३ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेटमा बनाइन लागेको उक्त पार्क अर्को वर्षको माघसम्म पूरा गर्ने उद्देश्य राखिएको छ । पार्कभित्र पाटी, ढुङ्गेधारा, अपाङ्गमैत्री शौचालय, सभाहल पनि निर्माण हुनेछ । पार्कको निर्माणपश्चात् यस क्षेत्रका बासिन्दाले खुला स्वच्छ वातावरण पाउने मेयर शाक्यले बताएका छन् । मेयर विद्यासुन्दर शाक्य २१ वडाका पूर्ववडाध्यक्ष समेत हुन् ।
Categorized in उपत्यका