STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उपत्यका

  • २०७५ चैत्र ८, शुक्रबार

    ऋण तिर्न नसक्दा वादी बिचल्लीमा

    पढाइ, घर खर्च र विवाह गर्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि अहिले उनी अरुको घरमा बस्न बाध्य भएका छन् । साँवाब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ । ऋण तिर्न नसकेर साहुले घरमा ताला लगाइदिएपछि आफूहरु अर्काको घरमा बस्न बाध्य भएको सुरेन्द्रका भाई कमल वादीले बताउनुभयो ।...

  • २०७५ चैत्र ८, शुक्रबार

    पानीको समस्या टार्दै इच्छाकामना

    हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् । चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदी किनारमा मुहानलाई संरक्षण गरेर १५ हजार लिटरको...

  • २०७५ चैत्र ७, बिहिबार

    देउडा संस्कृतिको संरक्षणमा जोेड

    कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी गरिएको हो । कर्णालीको मौलिक परम्पराका रुपमा रहेका देउडा गीतको संरक्षण र विकास गर्ने...

  • २०७५ चैत्र ७, बिहिबार

    सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौँ महानगरको आग्रह

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन आग्रह गर्नुभएको छ । प्रमुख शाक्यले आज भएको छलफलमा सरोकारवाला कार्यालयका प्रमुखलाई भन्नुभयो, “सडक मर्मत, निर्माण र अन्य काम गर्दा शुरु कहिलेबाट गर्ने कहिलेसम्म उक्त काम सक्ने, दैनिक कामदार कति खटिनेजस्ता विषयमा विवरण बुझाउनुहोस् ।” शाक्यले भन्नुभयो, “सडक सफा गर्न...

  • २०७५ चैत्र ४, सोमबार

    चिकित्सक आएपछि खुशियाली छायो

    कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ । लामो समयदेखि ‘रेफर सेन्टर’का रुपमा...

  • २०७५ चैत्र ४, सोमबार

    पारोमुक्त हुँदै भरतपुर

    स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो ९मर्करी० मुक्त महानगर हुने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो । विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि परेको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले भरतपुर पारोमुक्त घोषणा हुन मात्रै बाँकी रहेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले मानव स्वास्थ्यका...

  • २०७५ चैत्र ३, आइतबार

    ‘फेवाताल जोगाऔँ’

    राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासका लागि फेवातालको संरक्षण गर्न एकीकृत योजनाको खाँचो रहेको बताउनुभएको छ । पोखरा चेम्बर अफ कमर्शले आज पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन व्यवसायीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले पोखरा र आसपासका जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सामूहिक पहलको खाँचो औँल्याउनुभयो । “फेवाताल...

  • २०७५ चैत्र १, शुक्रबार

    तेल पेल्ने परम्परागत ‘कोल’ लोप हुँदै

    –विमलबहादुर विष्ट डोटीलगायत सुदूरपश्चिम प्रदेशका समग्र पहाडी जिल्लामा परम्परागत तेल पेल्ने कोल लोप हुन थालेको छ । यातायातको विकाससँगै बजारको पहुँच गाउँसम्म पुग्न थालेपछि कुनै बेला यहाँका स्थानीयको तेल पेल्ने मुख्य माध्यमको रूपमा रहेका परम्परागत प्रविधिमा आधारित काठका कोल एकपछि अर्काे गर्दै लोप हुन थालेका छन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सजिलै पाइन थालेपछि...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

    रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा

    वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले।।। पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा कौडा नृत्यलाई लिन सकिन्छ भने पूर्वतिर धनकुट्टा, मोरङ, सङ्खुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    सामान्य सेवा लिन दिनहुँ धाउनुपर्ने बाध्यता

    कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पशुसेवा केन्द्रमा औषधि तथा उपकरण अभावका कारण सामान्य सेवा लिन सेवाग्राहीलाई समस्या हुँदै आएको छ । सरकारले पशुसेवा कार्यालयमार्फत कृषकका लागि विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि सुखडस्थित सेवा केन्द्रबाट आफूहरुले सेवा सुविधा नपाएकोे घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरबाट आउनुभएका आमखुरा विश्वकर्माले बताउनुभयो । आफूले एउटा बोका बन्ध्याकरण गराउनका लागि करीब तीन...

  • २०७५ फाल्गुण २९, बुधबार

    सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

    पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको...

Pages