STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उपत्यका

  • २०७५ फाल्गुण २२, बुधबार

    मिथिलाञ्चलमा मिथिला परिक्रमा

    –अजयकुमार साह   मिथिला परिक्रमा आजदेखि विधिवत रुपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटर लामो सो पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट...

  • २०७५ फाल्गुण २०, सोमबार

    काँकडभिट्टामा लोक चित्रकलातिर तानिए कला उत्सवका दर्शक

    लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ । झापाको काँकडभिट्टामा शनिबारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मद्दत पु¥याएको छ । प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य रु दुई हजार निर्धारण गरिएको थियो तर प्रदर्शनीमा अवलोकन गर्न आएका...

  • २०७५ फाल्गुण १९, आइतबार

    बज्राचार्र्य मूल चक्रेश्वराभिषेक

    मैत्रीपुर महाविहारका चक्रेश्वर धूपरत्न बज्राचार्यले आजदेखि बज्रयान बौद्धधर्मको सर्वोच्च पद मूल चक्रेश्वराभिषक हुनुभएको छ । काठमाडौँका विभिन्न १८ वटा बज्रयान बौद्धधर्मसँग सम्बन्धित महाविहार तथा १६ वटा बहीका ज्येष्ठ चक्रेश्वरलाई यो पद दिइने परम्परा रहेको छ । नेपाल परम्परागत बौद्धधर्म सङ्घ, मैत्रीपुर महाविहार, फ्रेण्डस् अफ शान्तिपुरको संयुक्त तत्वाबधानमा आज भएको यो मूल चक्रेश्वराभिषेकको परम्परा...

  • २०७५ फाल्गुण १८, शनिबार

    ५२ ट्याक्सी चालक ट्याक्सी चालक कारवाहीमा

     महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई शुक्रबार नियन्त्रणमा लिई महाशाखाको टोलीले कारवाही गरेको हो । वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जानकारी दिनुभयो । “...

  • २०७५ फाल्गुण १७, शुक्रबार

    शहरीकरण र संरक्षणको अभावमा लोप भए पँधेरा र ढुङ्गेधारा

     धु्रवसागर शर्मा गलेश्वर, १७ फागुन ९रासस० ः ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् । बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू...

  • २०७५ फाल्गुण १६, बिहिबार

    ललितपुरमा आकाशेपुल अभाव

    गाबहालका सृजन महर्जन कुपण्डोलमा बाटो काट्नकै लागि दैनिक १५÷२० मिनेटसम्म कुर्ने गर्नुहुन्छ । सवारीको साधनको अत्यधिक चाप भएको यस ठाउँमा ‘जेब्राक्रसिङ’ बाट बाटो काट्न कठिन भएको उहाँ बताउनुहुन्छ । कुपण्डोलकै एउटा सहकारीमा कार्यरत उहाँ कहिलेकाहीँ हतारिएर बाटो काट्ने गर्नुहुन्छ । यसरी बाटो काट्दा कति पटक सवारीसाधनसंग ठोक्किनु भएका महर्जन भन्नुहुन्छ, “अहिलेसम्म ठूलो दुर्घटना भने भएको छैन ।” एक दशकयता...

  • २०७५ फाल्गुण १६, बिहिबार

    गर्भपतन गराउने बढ्दै

     सदरमुकामस्थित दमौली अस्पतालमा गर्भपतन गराउन आउने महिलाको सङ्ख्या बढ्दै गएको छ । परिवारनियोजनको अस्थायी साधान प्रयोग गर्न छाडेपछि गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । गर्भ निरोधकका अस्थायी साधान डिपो, कपर टी, पिल्स, इमप्लान्ट, ढाललगायत साधन प्रयोग गर्न झन्झट मान्ने गरेका कारण गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी एवं नर्सिङ इञ्चार्ज जमुनादेवी शर्मा वाग्लेले...

  • २०७५ फाल्गुण १६, बिहिबार

    विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ । महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके ।...

  • २०७५ फाल्गुण १६, बिहिबार

    हिमपातले यातायात , हवाई सेवा ठप्प

    जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । शिक्षक बास्तोलाका अनुसार अहिले त्यस क्षेत्रमा मानिस बाहिर निस्कन सक्ने अवस्था छैन भने घरभित्र आगो...

  • २०७५ फाल्गुण १६, बिहिबार

    भक्तपुरलगायत उपत्यकामा हिमपात

    भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत...

  • २०७५ फाल्गुण १५, बुधबार

    दिपायल दरबारको संरक्षण गरिन

    –बिमलबहादुर बिष्ट दिपायल सिलगढी नगरपालिकाले भग्नावशेष अवस्थामा दिपायलमा रहेको डोटेली राजाको दरबार संरक्षण तथा सम्वद्र्धन गर्ने भएको छ । उक्त दरबार संरक्षण तथा सम्वद्र्धनका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख खर्च गर्न लागेको छ । बाइसे चौबीसे राज्यका पालामा डोटेली राजा बस्नका लागि मासको गारोले निर्माण गरिएको उक्त दरबार संरक्षण सम्वद्र्धनको अभावमा भग्नावशेष अवस्थामा रहेको छ ।...

  • २०७५ फाल्गुण १४, मंगलबार

    सुदूर पहाडमा हिमपात

    मौसममा आएको परिवर्तनका कारण गएराति बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपात भएसँगै बढेको चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोड्पे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी...

Pages