STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उपत्यका

  • २०७५ फाल्गुण २९, बुधबार

    घर फर्कने अवस्थामा चेपाङ विद्यार्थी

    दाताको सहयोग नआएपछि रत्ननगर–१५ माधवपुरस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थी घर फर्कने अवस्थामा पुगेका छन् । विसं २०४५ मा स्थापना भएको विद्यालयले साविक सिद्धी गाविसका विपन्न, आमा बुबा जेलमा परेका र टुहुरा चेपाङ बालबालिकालाई आवसीय सुविधासहित विद्यालयमा अध्यापन गराउँदै आए पनि अहिले आर्थिक अभावले उनीहरुको अध्यापनमा समस्या देखिएको हो । विद्यालयले दाताकै सहयोगमा २०६९ सालदेखि...

  • २०७५ फाल्गुण २८, मंगलबार

    घरबाटै पानी बोकेर विद्यालयमा

    यहाँको एक विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । जुम्लाको सिञ्जा गाउँपालिका–६ मा रहेको शान्तिजन आधारभूत विद्यालय काडागाउँ स्थापनादेखि खानेपानीको अभाव झेल्दै आएको छ । स्थापना भएको विसं २०६४ देखि विद्यालयमा खानेपानीको अभाव रहेको प्रधानाध्यापक मानबहादुर रोकायाले जानकारी गराउनुभयो । भोगौलिक हिसाबले दुर्गम भएका कारण सरकार र दाताको नजर...

  • २०७५ फाल्गुण २८, मंगलबार

    ‘फड्को’ः कर्णालीको प्रतिविम्ब

    कथाको शुरुमा कर्णालीको सिङ्जा सभ्यता र संस्कृतिसँग जोडिएको जन्तीसहितको विवाह आउँछ । जसले दर्शकलाई कर्णालीको परम्परागत एवं मौलिक संस्कृति, भाषा, वेषभूषा र रहनसहनको स्पष्ट बोध गराउँछ । नाटकमा देखिएको विवाह खस भाषा, वेषभूषा र त्यहाँको जनजीविकाले एकैचोटी दर्शकको ध्यान तान्दछ । कण्ठ ९घाँटी०मा लाटको माला, जीउमा डौठो ओढेर चोली गाबुन लगाएकी महिला, त्यस्तै शिरमा टोपी, ठेटुवाको भोटी ९दौरा० जँगेलो ९सुरुवाल०...

  • २०७५ फाल्गुण २७, सोमबार

    हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

    पछिल्लो क महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् । मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाँैको सङ्ख्यामा...

  • २०७५ फाल्गुण २७, सोमबार

    आदिवासी महोत्सवमा रु डेढ करोडको कारोवार

    प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।...

  • २०७५ फाल्गुण २६, आइतबार

    घरमै पानी आएपछि स्थानीयवासी हर्षित

    तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाँै हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टाँै खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताउनुभयो ।...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनामा जोड

    ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन् । उनीहरुले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन् । जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने रोगले ग्रामीण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    रोल्पाको जनजीवन त्रासमा

    उमा केसी बितेका तीन दिन रोल्पावासीका जनजीवन निकै त्रासदीमय भयो । जिल्लाका विभिन्न स्थानमा सवारीसाधन तोडफोड र आगजनीदेखि बम विस्फोटनसम्मका घटनाले रोल्पालीलाई फेरि एक पटक दश वर्षे सशस्त्र युद्धको झल्को दिलायो । बुधबार राति त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले प्रयोग गर्दै आएको जिप तोडफोड प्रयासबाट शुरु भएको घटनाले बिहीबार रातिसम्म निरन्तरता पायो । तोडफोडबाट गाउँपालिकाका अध्यक्ष वलीले...

  • २०७५ फाल्गुण २३, बिहिबार

    ललितपुरमा मनाइयो अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस

    ललितपुरका कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकाले आ–आफ्नो गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस, २०१९ मनाएका छन् । हरेक वर्ष मार्च २ लाई अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसका रूपमा मनाउने गरिन्छ । कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले पालिकास्तरीय सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियो भने डाटापोर्टलमा भएका पाँच औजार र सूचना केन्द्र...

  • २०७५ फाल्गुण २३, बिहिबार

    बजेट अभावमा जनता आवास कार्यक्रम प्रभावित

    –काशीराम शर्मा   चैत वैशाखको गर्मीसँगै वर्षात्को समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षात्जस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ । बाँकेको इन्द्रपुरमा रहेको कुचवधिया समुदायलाई जनता आवास कार्यक्रममार्फत सुरक्षित...

  • २०७५ फाल्गुण २२, बुधबार

    राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण वैशाखदेखि शुरु हुने

    पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग, डोलिडार भनिन्थ्यो...

  • २०७५ फाल्गुण २२, बुधबार

    गायत्री महायज्ञ सम्पन्न

    वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेध गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो । चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हवन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए ।...

Pages